सुर्खेत, २८ वैशाख (जागरण) । कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ । मन्त्रीपरिषद् बैठकले जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीका लागि प्रदेशसभा सदस्यहरुको सुझाव संकलनका लागि बजेट अधिवेशन आव्हान गर्ने निर्णय गरिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जागरणलाई जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यसको एक साताअघि वार्षिक नीति तथा कार्यक्रम ल्याइसक्नुपर्छ ।
मन्त्री ज्वालाले स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट निर्माण गरिने जानकारी दिनुभयो । उसो त नीति तथा कार्यक्रम र बजेटको खाका तयार पार्न सरकारले कर्णालीमा सरकारी कार्यालयहरु सञ्चालनमा गर्दै आएको छ ।
हालसम्म कोरोना संक्रमित नभेटिएका कारण नीति तथा कार्यक्रम र बजेटको खाका कोर्न दुई हप्ता अघिदेखि नै सरकारी कार्यालय खुल्ला गरिएका छन् ।