तीस किलोको बोरामा पच्चिस किलो मात्रै ! कसले गर्छ खाद्यान्नमा कालोबजारी ?

कालिबहादुर नेपाली ।
जाजरकोट, ३० बैशाख (रेडियो जाजरकोट) । जाजरकोटको बारेकोट गाउँपालिकामा रहेको नायकवाडा खाद्य डिपोमा कालोबजारी हुने गरेको आशंका गरिएको छ । ३० किलो तौल भएको अरुवा चामलको बोरामै तौल २५ किलो भए पछि स्थानीय नागरिकले कालोबजारी भएको गुनासो गरेका छन् ।

घाट खाद्य डिपोका कार्यालय प्रमुख जयकृष्ण चौधरीले चामलको तौल ३० किलोबाट झरेर २५ किलो भएपछि एक हप्ता अघि गाउँपालिकालाई जानकारी दिएको जानकारी दिनुभयो ।

अहिले बारेकोट गाउँपालिकाका उपभोक्ताहरुले यसमा जसको मिलमतो छ तत्काल आवश्यक अनुसन्धान गरी कारबाहीको माग समेत गरेका छन् ।

घाट खाद्य डिपोमा चामल नापतौलका लागि प्रयोग गरिने सामग्री प्रयोग विहीन छन् । नापतौलका सामग्री प्रयोग नगर्दा उपभोक्ता निकै मारमा परेको स्थानीय राजेन्द्रविक्रम सिंहले जानकारी दिनुभयो । कार्यालय प्रमुख चौधरीले भने नाप तौलका अन्य सामग्री प्रयोग नभएपनि डिजिटल काँटा प्रयोग गरिरहेको बताउनुभएको छ ।