सुर्खेत, ३१ बैशाख (जागरण) । कर्णाली प्रदेश अस्पतालमा कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण लकडाउन भएसँगै स्थगित भएको ओपीडी सेवा सुचारु भएको छ ।
लकडाउन भएपछि ४८ दिनसम्म प्रदेश अस्पतालमा ओपिडी सेवा बन्द थियो । अस्पतालका डाक्टर केएन पौडेलले आंशिक रुपमा ओपीडी सेवा सुरु भएको जानकारी दिनुभयो । हाललाई बिहान नौ बजेदेखि एघार बजेसम्म नाम दर्ता भएका बिरामीहरुलाई मात्र ओपिडी सेवा दिने गरिएको छ ।
यस्तै अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भिडभाड नगरी सुरक्षित रुपमा सावधानी अपनाएर ओपीडी सेवा सञ्चालन गरिने बताउनुभयो ।
बिरामीहरुलाई सामाजिक दूरी कायम गर्न र एक–एक जना गरेर बिरामी जाँच गर्ने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभएको छ ।