ग्रेटर नेपालको ऐतिहाँसिक नक्सा पल्टाएर हेर्नुहोस् । तपाईँको मन पक्कै भावविहल हुन्छ, अनि कति दुख्छ, आँखा रसाउँछन्, अनि गला र मस्तिष्क कति अवरुद्ध भएर आउँछ । फेरी लामो श्वास तानेर एउटा मिठो सपना हो भन्ने सोच्नुस् अनि फ्रेस हुनुस् आफ्ना पूर्खालाई सम्मान गर्नुस् र एकछिन बिसाउनुस् । ठुलो नक्सा छोडेर अब अहिलेको नक्सामा आउनुहोस् चित्त बुझाउनुस् । फेरी यो नक्सामा पनि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर हटाएर हेर्नुस् अब हाम्रो देशको स्वरुप कस्तो देखिन्छ नक्सामा अनि यथार्थमा पनि, कल्पना गर्नुस् यो क्षेत्र बाहेकको देश, खासगरी मध्य र सुदूरपश्चिम नेपालको अवस्था के हुन्थ्यो होला । अझै पूर्वमा टिष्टा र पश्चिममा काँगडा अनि लिम्पियाधुरा, लिपुलेक, कालापानी, टनकपुर, सुस्ताजस्ता धेरै विषय अहिलेलाई तपाईँको मानसपटलमा क्लिक मात्र गरुँ है ।
पुरानो पिंढीका करिव सबैलाई थाहै छ, तर नयाँ पिंढीको जानकारीको लागि बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई “नयाँ मुलुक” पनि भन्ने गरिन्छ । यो नयाँ नेपाल वास्तवमा एउटा दूरदर्शी नेतृत्वको कुशल कुटनीतिक पहलको परिणाम स्वरुप हामीलाई प्राप्त भएको हो । भनिन्छ “मागे राज्य पाईन्छ चोरे गाली पाईन्छ ” यो ठुलो वलिदानी र उच्च स्वाभिमानका साथ स–सम्मान मागेर प्राप्त भएको “नयाँ मुलक” हो, जसमध्ये बाँके र बर्दिया जिल्ला प्रदेश नं ५ अनि कैलाली र कञ्चनपुर जिल्ला सुदूरपश्चिम प्रदेश अन्तरगत पर्दछन् ।
सुगौली सन्धिपूर्व मैले शुरुवातमै उल्लेख गरेको विशाल नेपाल २ लाख ४ हजार ९१७ वर्ग किमी क्षेत्रफलमा फैलिएको थियो । विभिन्न राज्य र साम्राज्यहरू तथा उपनिवेशहरू स्थापनाको होडवाजी, अन्तराष्ट्रिय चलखेल, ब्रिटिस साम्राज्यको अनेकन षडयन्त्रको सामू वास्तवमा तत्कालीन नेपाली शासकहरूको कुटनीतिक हैसियत र तागत बास्तवमै कमजोर थियो । फलस्वरुप सुगौली सन्धि गर्ने नगर्ने विषयमै उब्जिएको आन्तरिक किचलो व्यवस्थापन गर्न सक्दा नसक्दै अन्ततः सन् १८१५ डिसेन्वर २ मा हस्ताक्षर भएको सुगौलि सन्धि ३ मार्च १८१६ बाट लागू गर्नैपर्ने आत्मघाती कदमको कारण देशको करिब ५७ हजार ७३६. वर्ग किमी भूमि नेपालले गुमाउनु परेको पीडा नेपाली पक्षलाई नमिठोसँग मनमा बिझाइरहेको थियो । वास्तवमा नेपालको पूर्वतिर टाउको र पश्चिमतिर खुट्टा नै काटिएको महसुस नेपाली पक्षले गरेको थियो । समय क्रमशः बित्दै गयो सन १८४६÷०४७ तिर जङ्गबहादुर राणाको उदय सँगसँगै औपचारिक रुपमै हाम्रो देश नेपालको कुटनैतिक सम्बन्धको चरणमा प्रवेश गर्यो भनेर मान्न सकिन्छ । यसैक्रममा बेलायत सरकारको औपचारिक निमन्त्रणामा सन् १९५० जनवरीमा भएको जंग बहादुर राणाको भ्रमण ज्वलन्त उदाहरण हो ।
वास्तवमा हामी नेपाली इतिहासमै कसैको दास बनेनौँ । हामीलाई मुक्त हुन पनि परेन र हामीले कुनै स्तन्त्रता दिवसका नाममा पटाका पड्काउन र आतिशबाजी गर्न पनि जरुरी परेन । यद्यपि स्मरण गर्नु पर्ने अर्को महत्वपूर्ण पक्ष नेपाल एसियामै सबैभन्दा पुरानोमध्येको देश हो । विशाल देश चीन र भारतको बिचमा क्षेत्रफलको हिसाबले धेरै सानो देखिए पनि विश्व मानचित्रमा ठुलो क्षेत्रफल मध्येको ९५ औँ राष्ट्र समूहमा पर्दछ । सानो राष्ट्र मध्ये पर्दैन ।
प्रसङ्ग कुटनीतिक सम्बन्धको । जब बेलायतसँग औपचारिक सम्बन्ध स्थापना भयो जङ्गबहादुर राणालाई गोराहरूको देश हेर्न र बुझ्न मन लाग्यो अनि सन् १८५० को जनवरीमा आफ्ना ४२ जना भारदार सहयोगी सहित उल्लेख्य धन सम्पत्ति, बोकेर बेलायत लागे । सम्भवतः उनी बेलायतको औपचारिक भ्रमण गर्ने एसियाको पहिलो प्रधानमन्त्री थिए । त्यहाँ पुग्नासाथ राजपरिवारको ठाँटबाँट आफूले अनुमान गरेभन्दा अझै बढी पाए र मनमनै विचार गरे कि हँ म पनि एउटा सावभौम सम्पन्न स्वतन्त्र राष्ट्रको प्रमुख हुँ ! यिनीहरूभन्दा म कुनै पनि हिसाबले हेपिनु वा कमजोर देखिनु हुँदैन । ठाँटबाँट त मैले पनि देखाउन पर्छ नि यिनीहरूलाई, जङ्गबहादुरले मनमनै गुने । तर त्यहाँ कुनै अन्य हर्कत गर्न नहुने कुरामा जङ्गबहादुर सजग भने थिए । पहिलो दिन उनलाई औपचारिक स्वागत मात्र गरियो र दरबारको केही आन्तरिक संस्कारिक कार्यसम्पन्न गर्नपर्ने भएका कारण केही दिनको लागि औपचारिक भेटघाट तथा कुनै पनि कार्यक्रम गर्न नसकिने जनाउँदै बेलायती सुरक्षाकर्मीको निगरानीमा जङ्गबहादुरलाई उच्च सम्मानका साथ अतिथी गृहमा राखियो । अब कुनै औपचारिक काम नहुने भएपछि जङ्गबहादुर फुर्सदिला भए यस बिचमा बेलायती शहर आफ्नै ढङ्गले घुम्ने निधो गरे । साथमा आफ्नो बटालियन पनि छँदै थियो । उनको नेपाली पारा, पोसाक, खानपान, रिवाज र हाउभाउमाथि बेलायतिहरूको कडा निगरानी छ भन्ने हेक्का पनि थियो उनीलाई । कसरी बेलायती माथि हावी हुने र चर्चामा आउने अथवा कसरी आर्कषणको केन्द्र बन्ने भनेर बहाना खोजिरहेका थिए । यसैबिच बेलायतका चर्चित हस्तीहरू, राजनीतिज्ञ र धनाढ्यहरूको संगतमा रहेकी बेलायतकी चर्चित सुन्दरी लाउरा वेलसँग उनको भेट भयो र अब यिनैैलाई प्रभावित पारेर बेलायतीहरूको दिमागमा शयर गर्न सकिन्छ भन्ने निधोमा पुगे । उनको प्रयास सफल पनि भयो किनभने ती बेलायती सुन्दरी जङ्गबहादुरको फुर्तिफार्ति र साहसी व्यक्तित्वप्रति मन्त्रमुग्ध हुन पुगिन् । जङ्गबहादुर पनि के कम उनी करिब ३५–४० श्रीमतीहरूका श्रीमान त छँदै थिए । लाउराले आफ्ना सबै नियमित अन्य भेटघाट र कामकाज छोडेर जङ्गबहादुरसँगै अधिक समय बिताउन थालेपछि बेलायती मिडिया र विगहाउसहरूको नजर जङ्गबहादुरमाथि पर्न थाल्यो । अझै हौसिएर जङ्गबहादुरले लाउरा वेल माथि खर्च गर्न पनि थाले । गर्दै जाँदा करिब ३ महिनाको बसाईमा नेपालको ढुकुटीबाट उनले करिव २ लाख ५० हजार पाउण्ड खर्च समेत गरे जुन रकम तत्कालीन अवस्थामा देशको लागि करिव १ बर्ष बढीको व्ययभार थियो । आज पनि यो इतिहासले नेपाली जनतालाई जिस्काइरहेको छ । राणा शासनकालको एउटा आलोचनायोग्य सवाल मध्ये यो पनि हो । वास्तवमा आजसम्मको हरेक पुस्ताले जङ्गबहादुरको यस पागलपनको जवाफ र हिसाव खोजिरहेको छ ।
हो पनि लाउरा वेल लण्डन नगरको एउटा सुन्दरी (यौनकर्मी) थिइन् । त्यहाँका उच्च घराना, सैन्य प्रमुख, राज खानदानका सल्लाहकारहरू, व्यापारीहरू अथवा हाइप्रोफाईलका सबै महत्वपूर्ण व्यक्तिहरूसँग लाउरावेलको सम्पर्क सम्बन्ध थियो । सबैको गोपनीयता र विश्वास कायम गरेकी थिइन् लाउराले । जङ्गबहादुर र लाउराको सम्वन्ध र सङ्गतले गर्दा यो मानिस को हो कुन देशको हो, यस्तो यस्तो जिवनशैलि भएको लाउरालाई पनि मन्त्रमुग्ध पार्ने को हैसियत के हो ? धेरै बेलायती अखवारहरूले त्यहाँको राजपरिवार र लाउरा वेललाई समेत जोडेर प्रमुख समाचार बनाए । सडक सडकमा पाउण्ड र सुनका असर्फी उडाउँदै शान सौखतका साथ हिँडेपछि वास्तवमै बेलायतमा जङ्गबहादुर निकै चर्चित भए र उनको यो हर्कतको कारण नेपाल भन्ने देश सारा बेलायतीहरूले चिन्ने मौका चाहिँ पाए । बिस्तारै अब नेपाल फर्कन पर्ने भयो । जङ्गबहादुरले लाउरावेल र उनको देश त्यति राम्रो ठाँउ छोडेर आफ्नो देश फर्कन मन नलागेको कुरा कुटनीतिक रुपमा व्यक्त गरे । त्यो सायद एउटा बिदाई हुँदाको औपचारिक भाषा र संवाद मात्र थियो । अन्तमा उनले लाउरालाई भने म र मेरो देशको चिनो यो औँठी राख । कुनै दिन मेरो आवश्यक्ता परे यो जङ्गबहादुर हाँजिर छ भनेर बिदावादी भए । करिव ३ महिनाको बेलायत बसाईमा त्यहाँको राजपरिवारसँग केही औपचारिक कार्यक्रममा भाग लिए । आफ्नो सम्बन्ध स्थापित गरे । यसका अलावा उनको उद्देश्य बेलायत घुम्नु, बुझ्नु र त्यहाँको कला, कौशलता, संस्कृति, सीप, विधि प्रविधि नेपालमा आयात गर्नु थियो । यसबिच लाउरा वेलको उपस्थितिले केही नयाँ मोड भने अवश्य ल्याइदियो र बसाई पनि लम्ब्याइ दियो । यहाँ उल्लेखनीय कुरा के छ भने जङ्गबहादुरले खर्च गरेको जुन उल्लेखित रकम छ त्यो उनले वास्तवमा लाउराको लागि वा आफ्नो काम वासना र अयासीको लागि मात्र खर्च गरेका थिएनन् केही खर्च गर्नु पर्ने उनको बाध्यता थियो, केहि आवश्यक्ता थियो र केहि रहर पनि थियो अनि केहि स्वभाव पनि थियो होला । वास्तवमा त्यो रकमबाट उनले नेपालमा धेरै उपहार सामग्री र प्रविधि भित्र्याउन पनि खर्च गरेका थिए तर बेलायतीहरूले जङ्गबहादुरको फुर्तिफार्ती देखि इष्र्या लागेर त्यहाँका मिडियाहरूले बढाइचढाई गरी गलत प्रचारप्रसार पनि गरेका हुन् भन्ने धेरैको बुझाई छ ।
समय क्रमशः बित्दै गयो, ब्रिटिस साम्राज्यले करिब आधा विश्वमाथि आफ्नो आधिपत्य कायम गरिसकेको थियो । त्यतिबेला अहिलेको पाकिस्तान, बङ्गलादेश, भारत सबै भूभाग बेलायतको कव्जामा थियो । अझ खासगरी बेलायतले एउटा व्यापारी इष्टइण्डिया कम्पनी खडा गरी महाभारत खण्डका खनिज साधन र श्रोतको दोहन गर्न जिम्मेवारी सुम्पेको थियो । यस भूभागबाट बेलायतले अनेकौँ बहुमूल्य खनिजहरू बेलायत ओसारीसकेको थियो । केवल ती खनिजहरूको उत्खनन् गर्ने काममा बाहेक वास्तवमा इण्डियन मुलुकका मानिसहरूलाई त मानवीय दर्जा नै अंग्रेजहरूले दिएका थिएनन् । मानव जीवनको हैसियत समेत नपाएकै कारण अंग्रेजको कुनै सरकारी निकायसमेत यहाँ स्थापना गरिएको थिएन केवल एउटा व्यवसायी कम्पनीलाई यो क्षेत्र ठेक्का सरह दिइएको थियो । यसैबिच, सन् १९५७ मा लखनउ र दिल्ली लगायतका नवाफहरूले इष्टइण्डिया कम्पनीविरुद्ध विशाल विद्रोह गरे । यसबाट बेलायती सियासत समेत प्रभावित भयो र यो विद्रोह दबाउन आसपासबाट सहयोग पाउन सकिने सम्भावना बारे महाभारत आसपास केन्द्रित रहेर बेलायतका उच्च अधिकारी बिच कुरा चल्न थाल्यो । नेपालबारे अनेकौँ तर्क बितर्कसहित कुरा चल्दा यो देशलाई चलाउन नसकिने बरु लखनउ विद्रोह दबाउन सहयोग माग्न सकिने हैसियतको देश भएको त्यहाँ एकाएक व्रिफिङ्ग भयो । लाउरावेलले जङ्गबहादुर वास्तवमै बहादुर भएको र उसको देश नेपाल निकै धनी र सम्पन्न पनि रहेको आवश्यक परे बेलायतसँग युद्ध लड्न सक्षम रहेको साथसाथै नेपालीहरू निकै बहादुर र हक्की भएको भन्ने प्रभाव र छाप लाउरावेललाई पार्न जङ्गबहादुर सफल भएका कारण सोहीअनुसार त्यहाँका अधिकारीहरूलाई लाउराले स्वभाविक ढङ्गले बताइसकेकी थिइन् । त्यहाँ लाउराको हवाला दिने त कोही भएन तर जङ्गबहादुरले बेलायतमा देखाएका सबै फुर्तिफार्तिले भने सबै हो मा हो मिलाउँदै नेपालको कुरा निस्कँदा यो मुलुकमाथि हस्तक्षेप भन्दा पनि उसलाई साथी बनाउन र सहयोग आदानप्रदान गर्न सकिने कुरामा सबै सहमत भए । वास्तवमा यहाँ मननयोग्य कुरा के छ भने जङ्गबहादुर आपूm क पनि नपढेको मानिसको तौर तरिका, शैली हर्कत जे देखाए पनि यहाँ उनको जङ्गे कुटनीति सफल भएको देखियो । परिणाम सही दिशातर्पm लक्षित थियो । उनी दूरदर्शी रहेछन्, बेलायत भ्रमण, त्यो खर्च, लाउरासँगको सम्बन्ध, ३ महिनाको वसाई सवै कुटनीतिक कारोवार हुनसक्छ भन्ने कुरामा विश्वास गर्न सकिने आधारहरू धेरै छन् । उनले यति सम्म कि बेलायती महारानीले आयोजना गरेको भोज र सांस्कृतिक कार्यक्रममा समेत कलाकारको सम्मानमा सुनका सिक्का फालेर कलाकारलाई टिप भनेर आदेश दिन्थे र बेलायतीहरू अचम्मित हुन्थे यसरी जङ्गबहादुरले दैनिक खुसी भएर दिने उपहार टिप, टिप भन्दा बेलायती शब्दकोशमा समेत टिप्सको जन्म भएको भन्ने भनाई छ । निरक्षर जङ्गबहादुर कलाकारको गीतमा खुशी भएर ताली बजाउँदै सुनको सिक्काहरु चढाएको देखेर बेलायती महारानीले के बुझेर हाँस्यौ भनेर सोधेको प्रश्नमा जङ्गबहादुरले कोइलीको आवाज सुनाएर सोधे मन पर्यो ? महारानीको जवाफ थियो निकै पन पर्यो ! अनि जङ्गबहादुरको के बुझेर मन पर्यो हजुर ? भनेर गरिएको प्रति प्रश्नबाट जङ्गबहादुर निकै चलाख र कुटिल रहेको छाप बेलायती हरुमा परेको थियो ।
बेलायतले बिस्तारै भारत क्षेत्रबाट इष्टइण्डिया कम्पनी फिर्ता बोलाउने र त्यहाँ बेलायत सरकारको प्रशासनिक अड्डा खडा गर्ने निर्णय लिन पाउँदा नपाउँदै सन् १८५७ मा लखनउ र दिल्ली लगायतका नवाफहरूले सैनिक विद्रोह गरे । अंग्रेजहरूलाई सो विद्रोह निकै भारी पर्न सक्ने वारे बहस बेलायतमा चल्न थाल्यो । यसैबिच बेलायत सरकारले सबै प्रशासकीय प्रमुखहरूबिच छलफल चलायो । नेपालसँग सहयोग लिन सकिने बारे चर्चा भयो । जङ्गबहादुरले लाउरारावेलमार्फत आवश्यक परे सहयोग गर्ने वचन दिएरै छोडेका थिए । लखनउ विद्रोहमा सैन्य सहयोग माग्ने र उसले चाहेको कुरा बेलायत सरकारले दिने औपचारिक पत्रसँगै लाउराबेल समेतको सर्मथन रहेको प्रमाण स्वरुप त्यो पत्रको साथमा जङ्गबहादुरको औँठी पनि नेपाल आई पुग्यो । बस जङ्गबहादुर यही अवसरको खोजीमा थिए । तर यति बेला उनीसँग अर्को विकल्प पनि थियो । जति बेला भारतीयहरू बेलायतीको गुलामी गर्दै गोराहरूसामु घुँडा धस्दै धोती कछाड र पगरी सम्हाल्नै भ्याई नभ्याई थियो त्यति बेला नेपाल र बोलायती सरकारका प्रमुखहरू एउटै टेबलमा कफी खाँदै गफिएर टेबल टक गरिरहेका हुन्थे । अर्थात् दौत्य सम्बन्धसमेत स्थापना गरी बेलायतसरह स्वाधीन र सामरिक महत्वको राष्ट्र नेपाल स्थापित भइसकेको थियो ।
त्यसबेला उनीसँग दुल्लु, सिंजा, जुम्ला, मुगु, बझाङ्ग, बैतडी र खलङ्गा लगायतका सेना थिए । जसमध्ये करिब २० हजार सेनाका साथमा अंग्रेजले लखनउ विद्रोहमाथि विजयी हासिल समेत गरे । अब अग्रेजले सोधे के चाहन्छौ ? जङ्गबहादुरको बेलायत भ्रमण देखिकै एउटै ध्याउन्न थियो सुगौली सन्धि अघिको भूमि फिर्ता चाहन्छु । अंगे्रजहरू बिच खलबली मच्चियो उनीहरूले प्रसस्तै धन सम्पत्ति दौलत लैजान अनुरोध गरे तर जङ्गबहादुरको अडान अगाडि अंग्रेजको केही लागेन । अन्तमा जङ्गबहादुरलाई राप्तीदेखि महाकालीसम्मको भूभाग प्रदान गरे । जहाँ अहिले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर छ । यति भएपनि ठिक छ भन्ने निष्कर्षका साथ प्रशस्त धन, दौलत जवाहरातहरूसमेत साथमा बोकेर लखनउबाट नेपालगञ्ज आए । आफूले ल्याएको सम्पत्ति आफ्ना सेना, भाइ, भारदार र आफन्तहरूलाई समेत वितरण गर्दै पश्चिमी नेपालको वाटो हुँदै काठमाण्डौँ पसे । नयाँ कायम भएको सिमानामा पिल्लर गाड्न लगाई नयाँ नेपाल स्थापनाको एउटा जबरदस्त इतिहाँस लेखाए । नेपाल–भारत सिमानाका पिल्लरहरूलाई खास आकार र पिल्लरहरुभित्र विशेष धातु सहितको पहिचान राखी एकरुपताका साथ निर्माण गर्न निर्देशन दिए । तिनै पिल्लरहरु लाई जङ्गे पिल्लर भन्ने गरियो । दिल्ली र लखनउका नवाफहरूलाई सहयोग गर्ने र अंग्रेजलाई परास्त गर्नसके नेपाल राज्य नै दिल्लीसम्म बिस्तार गर्ने प्रस्ताव जङ्गबहादुरलाई आएको थियो तर बेलायत अनि लाउरावेलको प्रभावमा परेका जङ्गबहादुर ठुलो शक्तिकै पछाडि लागेर पुरानो विशाल नेपाल यसै पनि अंग्रेजबाट फिर्ता लिन सकिने दाउमा थिए ।
आज कुटनीतिको परिभाषा आफूअनुकूल बुझ्ने अनि व्याख्या गर्ने गरिएको छ । नेपालको औपचारिक दौत्य सम्बन्ध कायम भएका ३७ देश र संसारभर नेपालको प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिब १६० भन्दा बढि देशसँग सम्पर्क सम्वन्ध कुनै न कुनै रुपमा जोडिएको छ । विश्वका हरेक मानिसले सर्वप्रथम व्यक्तिको आचरण, चरित्र, ज्ञान, संस्कार स्वभाव हेरेर उसको देशको बारेमा धारणा बनाउने गर्छन् । अनि मात्र देशको अवस्था, तथ्याङ्क, इतिहास पढने बुझने दोश्रो कुरा हो । देश छोडेर बाहिर पाइला टेक्ने हरेक मानिस अघोषित राजदूत हो । उसको आनीबानी, व्यवहार, गतिविधी र आचरणले देशको प्रतिनिधित्व गरेको हुन्छ । हाम्रो मुलुकका अधिकांश राजदूतहरुले राज+दुतको मर्यादा अनुसार चल्न सकेका छैनन् । हाँजिर हुनासाथ कबुल गरिएको चन्दा लेवी, र आफ्नो आर्थिक व्यवस्थापनकै पिरलो ले सताउने हुदा पैसाको लागी जस्तो सुकै हर्कत गर्नपनि तैयार देखिन्छन् । विदेशमा रहेका नेपालीहरुसँग पार्टी, डिनर, लञ्च, भोज, सयर, चन्दा सहयोग, ल्यापटप, आइफोन, आईप्याड र १/२ जोर सुटसम्मको अपेक्षा गरी रहेका हुन्छन् । आफू राजदूत भएर जाने देशको भूगोल, राजनीति, इतिहास, दुई देश बिचको आर्थिक सम्बन्ध, राजनीतिक, सांस्कृतिक, व्यवसायिक, रोजगारी, पर्यटन लगायत अनेकौँ क्षेत्रमा आपूmले राज्यको लागि योगदान दिन कति सकिन्छ । योग्यता, क्षमताको लेखाजोखा, मापन, योजना र गृहकार्य बिना राजदूत हुन अरुको त कुरै छोडौ मन्त्रीहरूसमेत आफैपो लालायित भएको देखिन्छ । पहिले सरकारको मन्त्री अनि फेरि त्यही सरकारकै कर्मचारी को नियुक्ति खान जानेलाई अर्को देशको सरकारले कुन हैसियतका साथ सम्मान र महत्व दिने होला अनि हाम्रो देशको शिर उँचो कसरी बनाउला । आजसम्मको इतिहासमा नेपालका अधिकांश विदेश भ्रमण गर्ने राजनीतिज्ञ, खेलाडी, कलाकार, अभियन्ता, कर्मचारी, सुरक्षाकर्मी, संघसंस्थाका प्रतिनिधिहरू अर्थात उच्च पदस्त भिआईपीहरुले नै आफ्नो मान सम्मान इज्जत प्रतिष्ठा विदेशी भूमिमा धेर थोर गुमाउने गरेका छन् । हरेक देशमा कुनै पनि कार्यक्रम वा काममा जाँदा नेपाली पासपोर्ट होल्डरलाई दुतावास देखि जहाज अनि एयरपोर्ट र आफु जाने देशले गर्ने व्यवहारबाट हेपीनुपरेको प्रष्टै देख्न सकिन्छ । त्यो देश मा नेपालीको कति इज्जत छ । हाम्रो देशका दूतावासहरुको के हैसियत छ, त्यहाँ जाँदा चाल पाइन्छ, यहाँ त सोझा जनताको अगाडि सबैले गफ दिन सक्लान् वास्तविक ल्याकत र हर्कत त्यहाँ देख्न पाइन्छ ।
अहिले हरेक नेपालीको मन र मुटुभित्र खपिनसक्नु पीडा भएको छ । संसारभर रहेका नेपालीहरु कोरोना महामारीबाट प्रभावित भएका छन् । देशसँग जीवन बचाउने क्षमता त छैन नै तथापी आफ्ना सन्तान कति को कहाँ कुन अवस्थामा छन्, कुनै हिसाब किताब र भरपर्दो लेखाजोखा समेत छैन । विदेशमा छानीछानी नेपालीलाई उपचारबाट वञ्चित गरिएको छ । छानीछानी सेवासुविधाबाट वञ्चित गरिएको छ । रोजगार खोसिएको छ । अपमानित हुन परेको छ, यस्तो अवस्थामा घरको चौघेरामा समेत आएर लालावाला चिल्लाइरहेका छन्, कराइरहेका छन् । रोगको कारण विदेश छोडे तर भोक र शोकको कारण सिमानाबाट चियाउँदै मर्ने अवस्थामा पुगेका छन् । मर्नै पर्दा पनि आमाको काखमा मर्न चाहन्छन् । जीवन दिन नसके पनि आप्mनो माटोमा मृत्युको समेत अनुमति दिन सक्ने अवस्थामा मेरो देश छैन । यो आपत विपतको व्यवस्थापकीय कला र क्षमता देखाउने अवसर सरकारले प्राप्त गरेको छ । सहज अवस्थामा त मिठा गफ र भाषणले पनि मानिसलाई आर्कषित गर्न सकिन्छ तर मर्दा र पर्दा भने खास मानिसको पहिचान हुन्छ त्यो पहिचान आज नेतृत्वले देखाएर आफुलाई अब्बल सावित गर्ने वा दुर्वल र कमजोर पहिचान बनाउने सायद परिक्षाकै घडि आएको छ ।
सिमानाका जङ्गे पिल्लर फेरीपनि रातारात उखेलिएका छन, खोई भनेर सोधिदिने कोही छैन, नेपाल आमाको अस्तित्व रक्षार्थ खटिएको सन्तानले आफ्नै आगनमा छातीमाथि बुट, जुरो, कम्फु कराते खाएका छन । हामी टुलुटुलु हेरेर बस्न बाध्य छौँ । मानसरोवार तीर्थ अनि धर्म गर्ने बहानामा नेपाल आमाको घाँटी माथि नै कुल्चने पापीलाई माल्यार्पण गर्नपर्ने वाध्यता र विवशताका बिचमा छौँ । विगतका सरकार खासगरी पंचायत र कांग्रसले कोशी, गण्डक, सुस्ता, कालापानी र महाकालीमा भएका राष्ट्रघात र भारतिय विस्तारवादको विरुद्ध आफैले तैयार पारेको जनमतमाथि टेकेर आज दुइतिहाईको सरकार बनाउन सफल भएका छौँ । विगतका सवै सरकारहरु राष्ट्रघाती भएको कारण सवैलाई तिरस्कार गरेर जनताले कम्यूनिष्ट पार्टिलाई विश्वास गरेको अवस्थामा विगतको कुनै पनि तिरस्कृत व्यवस्था, सरकार, नेतृत्वको हवाला दिएर आफु सुरक्षीत हुन सकिदैन जनताले हिसाव किताव राखेका छन । उच्च मनोवलका साथ सवै चुनौतिहरुको सामना गरौँ । बरु एउटा अर्को उत्तर कोरिया नै सही हामीलाई कसैसँग भिखमा प्राप्त रेल चाहिएन, हामीलाई बरु पानीजहाज चाहिदैन, हामीलाई तिम्रो अनुदानको एयरपोर्ट चाहिएन, हामीलाई कसैको सुरुङ्ग मार्ग र उत्तरी दक्षिणी नाकाको नाउमा अस्थित्व बेच्नु छैन, तिम्रो यूयस र यूरो एड, भारतीय र चाइना एड संगै अनेकौँ एडका नाउँमा चाकडि गर्नु छैन हामिलाई । सरकार मागेर दबेर स्वाभिमान र अस्तित्व बेचेर क्रिम पाउडर दलेर टल्कनु र मस्किनु भन्दा हामीलाई प्राकृतिक सुन्दरता र सम्पदा नै काफी छ । हामी आफ्नो यो सुन्दरता उच्च मनोबल र स्वाभिमानका साथ जोगाइराखौँ । अबको ५ वर्ष भित्र उनीहरू हामी सामु घुँडा टेक्न आई पुग्नेछन्, नआए पनि केही छैन, विश्वसामु ठाडो शीर र स्वाभिमानीहरूको लाइनमा उभिनेछौँ । विजेता र साहसीको लागि स्वाभिमान र उच्च मनोबल नै मुख्य हतियार हो । हुतिहारा तथा कमजोरहरूको लागि अनेकौँँ बहानावाजी, लोभ मोह र छलकपट नै उनिहरुको हतियार हो । जहाँसम्म लिम्पीयाधुराको सवाल छ १. यथासिघ्र नेपालको पुर्ण नक्सा प्रकाशित गरौँ २. अन्तर्राष्ट्रिय अदालतमा केस गरौँ ३. संयूक्त राष्ट्र संघको ध्यानाकर्षण गराऔँ ४. सर्वदलिय संकल्प प्रस्ताव पास गरौँ ५. विज्ञ र जानकारहरुको सभा र बैठक गरौँ । ६. भारत र चिनसंग उच्च स्तरिय वार्ता गरौँ । ७. प्रभावित क्षेत्रमा सांकेतिक रुपमा सुरक्षा सेना परिचालन गरौँ ८. यसै बेला सवै सिमा विवाद समाधान गरौँ र तारवार गरौँ ९. सडक निर्माण रोक्न पत्राचार गरौँ १०. मोदी र सि जिङ्ग पिङ्ग सिधै भर्चुअल डाईलग गरौँ । त्यो पुर्खाको रगत को पहिचान र अव देखाउन पर्ने बेला आएको छ । यो समस्याको निरन्तरता सधैका लागी अन्त्य गरौँ आउदो पुस्तालाई सक्षम र सुरक्षीत मुलुक प्रदान गर्ने अवसर खेरजान नदिउँ ।
धन्यवाद ।
गुराँस गा.पा. ६ दैलेख निवाशी लेखक टोप बहादुर बि.सी. नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।