सुर्खेत, १० फागुन (जागरण) । जनताको लामो संघर्षपछि नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको शुरुवात् हुने करिव पक्कापक्की भएको छ । देश संघियतामा गएसँगै अव प्रदेशका राजधानीसम्वन्धि वहसहरु पनि स्वभाविक रुपमा शुरु भएका छन् । सुर्खेतलाई पनि हाल भनिएको प्रदेश नम्वर ६ को राजधानी बनाउने आधार के के हुन सक्छन् त ? भनेर हामीले जागरण एफएमको फेसबुक पेज www.facebook.com/fmjagaran मा प्रश्न सोधेका थियौँ त्यसमा प्राप्त प्रतिक्रिया यस्ता छन् ।
१- Upendra K. Yogi सुर्खेत पुरानो संरचनामा पनि मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम हो।यहाँ सम्पुर्ण क्षेत्रीयस्तरका कार्यालयहरु छन।तसर्थ प्रदेशको राजधानी बनाउदा ती क्षेत्रीय कार्यालयहरुलाई नै प्रदेशका कार्यालय बनाउन सहज हुन्छ ।जस्तो कि पुनराबेदन अदालतलाई उच्च अदालत बनाइयो।त्यसैले सुर्खेत नै प्रदेश न. ६ को राजधानी हुनुपर्छ । – उपेन्द्रकुमार योगी दुल्लु -९ दैलेख ।
२- Bimal Bk मध्यपश्चिम क्षेत्रको प्रमुख द्वार तथा सदरमुकाम समेत भएकाले र मध्यपश्चिम बाशी सबैलाई पायक पर्ने भएकोले पनी 6नम्बर प्रदेशको राजधानी सुर्खेट उपयुक्त छ। #नेटा,सुर्खेट
३- Dammar Kc सवेै काे सेन्टर र विकाश मा अगाडि भएको
डम्मर ब खत्री
सुर्खेत सहारे ४
४- Threemaan Gharti सबैको पाय पर्ने भयकोले
५- Pràkåsh Gãütâm अन्तर्राष्ट्रिय बिमानस्थल बन्दैछ,सिमेन्ट खानि सञ्चालनमा आउदैछ ।
तपाई पनि फेसबुक पेज www.facebook.com/fmjagaran मा प्रत्येक दिन राखिने प्रश्नको आधारमा आफ्नो नाम र ठेगानासहित विचार व्यक्त गर्न सक्नुहुन्छ ।