सेभ द चिल्ड्रेनद्वारा कर्णालीलाई ४८ लाखभन्दा धेरैको सामग्री हस्तान्तरण

सुर्खेत, २ जेठ (जागरण) । सेभ द चिल्ड्रेन मध्य तथा सुदुरपश्चिम फिल्ड कार्यालयले कर्णाली प्रदेश सरकारलाई (कोभिड –१९ ) कोरोना भाईरसको संक्रमण रोक्न सघाउने उद्देश्यले व्यक्तिगत सुरक्षा सामग्री र अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री हस्तान्त्रण गरेको छ ।

कार्यालयले ८ सय ८० सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरिएको हो । सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक अरुण कान्त पौडेलकाअनुसार प्रदेश सरकारलाई ४८ लाख भन्दा बढी रकम बराबरका सामग्री प्रदान गरिएको बताउनुभयो ।

सामग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री दल बहादुर रावलले कोभिड १९ महामारीको एकदम अप्ठ्यारो समयमा सेभ द चिल्ड्रेनबाट भएको यस सहयोगको लागि प्रदेश सरकारको तर्फबाट धरै धन्यवाद दिनुभयो ।

सेभ द चिल्ड्रेनले कोभिड १९ महामारीको योजनामा शुरुवात देखि गर्दै आएको सहयोगले प्रभावकारी योजना बनाउन मद्दत पुग्ने स्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रिता भण्डारी जोशीले बताउनुभयो ।