कृष्ण शर्मा ।
दैलेख, ३ जेठ (रेडियो ध्रुबतारा) । दैलेखका स्थानीय तहका जनप्रतिनिधिहरुले धमाधम कोरोना विरुद्धको सुरक्षाका लागि बीमा कार्यक्रम अघि बढाउन थालेका छन् ।
जनताको नजिकको उनिहरु संधैँ जनतासंग प्रत्यक्ष सम्पर्कमा रहनु पर्ने भएकोले संक्रमणको खतरा हुने भन्दै कोराना बीमा गर्न थालेका हुन् ।
कोराना बीमा गर्ने जिल्लाको पहिलो संस्था एभरेष्ट क्लव दैलेखका ४७ जना कर्मचारी र पारिवारिक बिमातर्फ नारायण नगरपालिका १ कि सिवानी श्रेष्ठका तीन जना सदस्य र डुङ्गेश्वर गाउँपालिका दुईका चेतन बिष्टका ४ जना सदस्य बनेका छन् ।