सुर्खेत, ७ जेठ (जागरण) । स्थानीय सरकार अन्तर्गत जागरण एफ. एम. र www.jagaran.com.np ले कर्णाली प्रदेशका स्थानीय सरकारले गरिरेहका काम, आगामी योजना, खेप्नुपरेका चुनौतिलाई समेटेर विभिन्न सामग्री प्रसारण र प्रकाशन गर्दै आएका छौँ । यसैक्रममा जागरणकर्मी प्रभा रावतले दैलेखकाे भैरवीगाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढासँग कुराकानी गर्नुभएकाे छ ।
प्रस्तोताः निर्वाचित भएदेखी तपाइले भैरवी गाउँपालिकामा गर्नुभएको मुख्य नितवटा कामहरु के के हुन ?
पाहुँनाः निर्वाचित भएदेखी हामीले गाउँपालिकामा सबैभन्दा पहिला त सातैवटा वाडको वाडकार्यलयलाई व्यबस्थापन गरेका छौँ । विभिन्न ठाउमा सडकबाटोको विस्तार गरेका छौँ । तेस्रोमा विद्युतिय कामलाई प्राथामिकताका साथ कामगरेका छौँ ।
प्रस्तोताः आगामी चारवर्षका लागी योजना के के छन् ?
पाहुनाँः चारबर्षको लागी मुख्य त हामीले कृर्षि र पशुपालनलाई पकेट क्षेत्र निर्धारण गर्ने योजना बनाएका छौँ । बाकी चारबर्षमा हामीले गाउँपालिकाका प्रत्येक वडामा राष्ट्रिय प्रसारण लाइनलाई विस्तार गर्ने योजनामा छौँ । प्रत्येक वडामा सडक, वनसंरक्षण वृक्षारोपण तथा शिक्षा,स्वास्थ्यका क्षेत्रलाई प्राथामिकतामा राखेर काम गर्ने योजना बनाएका छौँ ।
प्रस्तोताः तपाइको यो एक बर्ष कत्तिको उपलब्धि मुलक रह्यो ?
पाहुनाँः २०७४ साल नेपालको राजनितनितिक इतिहासमा चुनाब नै चुनाब भएकाले जुन रप्तारमा काम हुनुपर्ने हो त्यो हुन सकेन । तर आगामी दिनमा हामी एकदमै कटिबद्ध भएर काम गर्नेछौँ ।
प्रस्तोताः तपाइको कार्यकालमा भैरवी गाउँपालिकालाई कस्तो बनाउने सोचमा हुनुहुन्छ ?
पाहुनाँ ःशिक्षा,स्वास्थ, खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्ने, यहाँ पाउने जटीबुटीलाई प्रसोधन केन्द्रको स्थापना गरेर यहाँ रहेका युवालाई स्वरोजगकार बनाउने सोचमा छौँ ।
प्रस्तोताः अन्त्यमा काम गर्नेक्रममा कस्ता खालको चुनौतीहरु आइपरेका छन् ?
पाहुनाँ ःयो एकवर्षमा त्यस्तो खालको चुनौती केही देखिएको छैन आगामीदिनमा आइपरेका चुनौतिलाई चिर्दै आगाडी बढने योजनामा छौँ ।