दिलमाया शाही ।
जुम्ला ३ जेठ (रेडियो नारी आवाज) । भारतबाट भित्रिने क्रम फेरी शुरु भएपछि कर्णालीमा त्रास बढेको भन्दै जुम्लामा पनि उच्च सतर्कता अनाइएको छ ।
भारतीय सरकारले सिमानामा छाडेका नेपाली नागरिकहरु धमाधम भित्रिन थालेपछि कर्णालीमा त्रास बढेको हो । भारतबाट भित्रिएका नागरिकलाई आरडिटी र पिसिआर परिक्षण गराएर मात्र जिल्लामा पठाउन नागरिकले माग गरेका छन् ।
पछिल्लो समयमा चोर बाटो हुदै भागेर आउने देखि सवारीसाधनबाट पास बनाएर आउने सबैको उच्च निगरानी गर्नुपर्ने यहाका नागरिकले माग गरेको हुन ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भारतबाट आउनेक्रम शुरु भए संगै जुम्लामा उच्च सतर्कता अपनाइएको बताउनुभएको छ ।