कृर्षिमा रोजगारी सिर्जना गर्ने प्रमुख ःशाही

सुर्खेत, ८ जेठ (जागरण) । स्थानीय सरकार अन्तर्गत जागरण एफ. एम. र www.jagaran.com.np ले कर्णाली प्रदेशका स्थानीय सरकारले गरिरेहका काम, आगामी योजना, खेप्नुपरेका चुनौतिलाई समेटेर विभिन्न सामग्री प्रसारण र प्रकाशन गर्दै आएका छौँ । यसैक्रममा जागरणकर्मी प्रभा रावतले दैलेखकाे चामुण्डा बिन्द्रासैनी नगरपालिका प्रमुख सुर्यबहादुर शाही   कुराकानी गर्नुभएकाे छ ।

प्रस्तोता ः तपाइको यो एक वर्ष कत्तिको उपलब्धि मुलक रह्यो ?
पाहुनाः यो एकवर्ष हामीलाई उपलब्धि मुलक नै रहयो । यो बर्ष चुनाव वर्ष पनि भएकाले पनि केही सामाजिक, राजनितिक विकास क्षेत्रमा काम भैरहेका छन ।

प्रस्तोता ः आगामी चारवर्षका योजना के छन् ?
पाहुनाः आगामी चारवर्षको योजनालाई गुरुयोजना बनाएर अगाडी बढाइरहेको अबस्था छ । कृर्षि,शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विजुली सबैक्षेत्रमा देखिनेगरि काम गरिरहेका छौँ ।

प्रस्तोता ः तपाइको कार्यकालमा चामुण्डा बिन्द्राशैनि नगरपालिकालाई कस्तो बनाउने सोचमा हुनुहुन्छ ?
पाहुँनाः शैक्षिक गुरुयोजना,सडक गुरुयोजना, वन संरक्षण को गुरुयोजना बनेको छ केही योजनाको डिपिआर पनि बनेको छ । र यो नगरपालिकामा फराकिलो मन, फराकिलो बाटो,धारा छ । कृर्षिमा रोजगारी सिजर्ना गर्ने सोचमा छौँ ।

सिचाइको क्षेत्रमा खानेपानी गाग्रिमा,अन्यपानी पोखरीमा पोखरीको पानी बारीमा भन्ने हाम्रा योजना छन् । खाली नबसौँ भन्ने चेतना युवालाई दिने सोचमा छौँ ।

प्रस्तोता ःअन्त्यमा तपाइले यसरी काम गर्ने क्रममा कस्ताखालको चुनौती आइपरेका छन् ?
पाहुनाः कर्मचारीको पुरानो मानसिकताले समस्या ल्याएको छ । स्रोत र साधन नहुदा पनि समस्या छ । कर्मचारी समयमा उपलब्ध नहुनु मुख्य समस्या बनेको छ ।