प्रदेश सरकारले अभिभावकिय भूमिका निर्वाह गर्न सकेनः स्थानिय तहहरु

सुर्खेत, ६ जेठ (जागरण) । कर्णाली प्रदेशका केही स्थानिय तहहरुले प्रदेश सरकारले अभिभावकिय भुमीका निर्वाह गर्न नसकेको जनाएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विज्ञप्ति जारी गरी आफ्नो स्वामित्वको जग्गामा जोतखन गरेकोमा आपत्ती जनाएको केहीदिनभित्रै एक प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेतकै पञ्चपुरी नगरपालिकाले पनि कर्णाली प्रदेश सरकारले आफ्नो भुमिका पुरा गर्न नसकेको बताएको छ । पञ्चपुरी नगरपालिकाले प्रदेश सरकार आफूले कस्तो भुमिका निर्वाह गर्ने भन्नेमै अलमलिएको जनाएको हो ।

पञ्चपुरी नगरपालिकका नगरप्रमुख उपेन्द्र थापाद्वारा हस्ताक्षर विज्ञप्तिमा संघीय, प्रदेश सरकारले स्थानिय सरकारलाई कागजि आदेशमात्र नदिई विभिन्न सहकार्य, सहयोग समन्वय गर्नुपर्ने जनाइएको छ । विज्ञप्तिमा स्थानिय सरकार सँगको समन्वयविनै संघिय र प्रदेश सरकारले नागरिक पठाउदा बढी कोरोना भाइरस संक्रमण फैलन सक्ने जनाइएको छ ।

नगरपालिकाले प्रदेश सरकारले सिमा नाकामा क्वाराइटाइन राखेर चेकजाच गर्नु पर्ने, संघिय र प्रदेश सरकारले आवश्यक किट तथा मेशिनरी स्वास्थ्य सामग्रीको व्यवस्था गर्नु पर्ने जनाएको छ ।

यसैगरी, जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले जागरणसँग कुरा गर्दै प्रदेश सरकारले स्थानिय तहसँग समन्वय नै गर्न नसकेको बताउनुभएको छ ।