हरेक क्षेत्रको सिण्डिकेट अन्त्य हुन्छः गृहमन्त्री थापा

सुर्खेत, ८ जेठ (जागरण) । गृह मन्त्री रामबहादुर थापाले अब हरेक क्षेत्रको सिण्डिकेट अन्त्य गर्ने अडान दोहो¥याउनुभएको छ । सिण्डिकेट अपराध भएको भन्दै उहाँले अब सबै प्रकारका सिण्डिकेट तोड्ने बताउनु भएको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तिरिय सुरक्षा गोष्ठिमा सहभागि हुन आउनु भएका बादलले पत्रकारहरुसंग कुरा गर्दै सबै क्षेत्रमा हुने सिण्डिकेड तोड्ने बताउनु भयो । उहाँले अहिले यातायातमा सिण्डकेट तोडे पनि अझै अन्य क्षेत्रहरुमा सिण्डिकेट रहेको भन्दै अन्त्य गरिने बताउनु भयो ।
उहाँले विकासका निम्ति शुसाशन आवश्यक रहेको भन्दै अपराधहरुभ्रष्टचारको उन्मुलन, सिडिण्केट, अपराध नियन्त्रण विना विकास सम्भव नभएको भन्दै अब सिडिण्केट अपराध हुने भन्दै अन्तय गर्न सरकार लागेको बताउनु भयो । देशको अर्थतन्त्र भ्रष्ट र माफियाहरुको हातमा रहेको भन्दै यसको पनि अन्त्य गरिने बताउनु भयो ।
उहाँले विकास निर्माणका कामहरुमा पनि सिण्डिकेटहरुलाई अन्त्य गर्ने पनि बताउनु भयो । ‘वर्ष भरी बाटो नखन्ने र वर्षामा बाटो खन्ने काम हुन्छ । यसलाई हामीले अनियमितता र भ्रष्टाचारसंग जोडेका छौँ’ उहाँले भन्नुभयो, ‘अब बर्खा हुने वित्तिकै बाटो खन्ने काम नियन्त्रण गर्छौँ ।’ उहाँले काम नगर्ने ठेकेदारहरुलाई पनि अब सरकारले त्यस्ता ठेकेदारहरुको नियमन गरेर कानुनी दायरामा ल्याउने बताउनु भयो ।
उहाँले लागुऔषधको कारोबार गुणात्मक रुपमा बढेको भन्दै सरकारले पूर्ण रुपमा नियन्त्रण गर्ने बताउनु भयो । ‘अहिले युवाहरु लागुऔषधले विचलको दिशा तर्फ लिएको छ । अहिले सेनकर्ता र कारोबारहरु गुणात्मक रुपमा बढेका छन्’ उहाँले भन्नुभयो, ‘उसले विकास निर्माणका कामहरुमा, शान्ति सुरक्षामा चूनौति र घरेलु हिंसा निम्ताएका छन् । हामीले लागुऔषधलाई निषेध गछाँै ।’
उहाँले अब देशमा सबै तस्करीहरुलाई निषेध गर्ने अभियान सुरु गरिएको बताउनु भयो । उहाँले आज सुन तस्करीको मुल नाइके चुडामणी उप्रेदी ‘गोरे’ लाई गिरफतार गर्न सरकार सफल भएको र यसले तस्करीहरुको संजाललाई तोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । गृहमन्त्री बादलले देशलाई अतिवादी क्षेत्रबाट सुरक्षा चूनौति भएको बताउनु भएको छ । ‘अहिलेको राज्य व्यवस्थालाई स्वीकार नगर्ने केही केही राजनितिक क्षेत्रका अतिवादी क्षेत्रबाट सरकारलाई सुरक्षा चुनौति रहेको छ’ उहाँले भन्नुभयो, नेकपा विप्लब समुहबाट र देशलाई बिखण्ड गराउन खोज्ने सिके रावत जस्ताको सशत्र समुहहरु सरकारका सुरक्षा चूनौति बनेका छन् ।