कोरोनाले बदलेको विश्व र नेपाल

डिकेन्द्र थापा

विश्वभरका कल कारखाना, बैङ्क, सुपमार्केट, रोजगार सिर्जन गर्ने बिभिन्न संस्थालगायतका ठुला साना व्यबसायहरु आंशिक रुपमा बन्द अवस्थामा रहेका छन् । ठूला निर्माणका काम देखि साना निर्माणका कार्यमा समेत कोरोनाको प्रभाव परिरहेको छ । यातायातका साधनहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु आंशिक रुपमा बन्द छन् । विश्वका शक्तिशाली मुलुक देखि सबै मुलुकमा यसको प्रभावमा परिरहेको अबस्था छ । विश्वको इतिहाँसमा कोरोनोले मानविय जीवननै बदलिदिएको छ । विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पारिसकेकोे अवस्था छ । यतिमात्र हैन यसले चिनियाँ प्रभावको पनि विश्वसामू परिचित बनाई सकेको छ । चीनको एउटा प्रान्तमा उत्पन्न भएको कोरोनाले विश्वलाई आफ्नो कब्जामा लिन सफल भएको छ । हालसम्म विश्वका लाखौँ मानिसमा असर देखाइसकेको छ भने अमेरिका जस्ता विश्वका शक्तिशाली राष्ट्रलाईसमेत घुँडा टेकाउन सफल भएको छ । यसको ज्वलन्त उदाहरणका रुपमा विश्वका शक्तिशाली मुलुमा पारेको प्रभावलाई हेर्न सक्छौँ । यसको हालसम्मको उपलब्धी भनेको कोरोना परिक्षण गर्ने रोग पत्ता लागाउने भन्दा अरु भहेको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायतका विश्वका स्वास्थ्य संगठन दिनरात लागि रहेका छन् तर यसको निचोडमा पुग्ने कुनै निश्चित भने छैन । यसको प्रभाव भने मानविय जीवनमा दिन प्रतिदिन परिरहेको छ ।

कोरोनाले नेपाललाई पनि छोडेन र वर्तमान नेपाल लकडाउनको अबस्थामा रहेको छ । तर नेपालीहरुमा केहि सकारात्मक पक्ष धेरै कुरा सिकाएको छ र अझैं सिक्न पनि बाँकी नै छ । अब यस्तै अबस्था केही समय रहिरह्यो भने नेपाल र नेपाली कृर्षि उत्पादनमा अत्मनिर्भर नहोलान् भन्न सकिदैनँ । हाल आएर तरकारी निर्यातमा कमि भएपछि नेपालमा केहि उत्पादन बढेको र नेपाली उत्पादनले बजारसमेत पाएको अबस्था छ तर यो अबस्थामा मात्र हो भोलिका दिनमा यहि अबस्था भने रहदैनँ । किनकी ठूला, साना होटेल व्यवसायहरु बन्द रहेको अवस्था भने हो तर पनि केहि उपलब्धि भने भएकै हो । यो अबस्थामा नेपाल सरकारले पूर्ण रुपमा कृर्षि उत्पादनमा जोड भने गर्नै पर्दछ । मौसमी तथा बेमौसमी तरकारी फलफूल उत्पादनमा जोड दिन चै छोड्नै हुदैन ।

नेपाललाई भोलिका दिन ठुलो चुनौतिको रुपमा खडा हुनसक्ने रोजगार तथा स्वरोजगार भने छँदैछ किनकी अबका दिन विदेशमा रहेका नेपालीहरु दिन प्रतिदिन नेपाल फर्किने बेला आएको छ । जसले गर्दा नेपालको ठुलो चुनौती भनेको रोजगारी हुने छ । यसको लागि नेपाललाई पूर्ण रुपमा कृषि उत्पादनमा जोड दिने र विदेशमा रहेका नेपालीहरुलाई रोजगारी दिने एउटा मात्र माध्यम भनेको कृर्षि नै हुने छ । प्रदेश सरकार तथा स्थानिय तहले नेपालमा ठूला कृर्षि कार्यक्रमको सञ्चालन गर्ने र त्यसलाई राज्यको आम्दानीको रुपमा अगाडि बढाउने गरी अगाडि बढ्नु पर्दछ । नेपालमा नहुने केही छैन तर गर्न कोही छैन जस्तोको अबस्थालाई उत्पादनमा जोड दिनु पर्दछ । कृर्षि उत्पादन मात्र हैन तर मानिसलाई बचत गर्ने खालका तथा जीवन उपयोगी सीप शिक्षाको पनि आवश्यकता रहेको छ । जबसम्म नेपालीलाई जीवन उपयोगी सीप शिक्षाको ज्ञान दिन सकिदैनँ, तबसम्म नेपालमा नेपालीको जीवन स्तरमा परिवर्तन आउने अबस्था छैन । भनिन्छ, खाली दिमाग सैतानका घर जब मानिस खाली हुन्छ तव उसमा हरेक नकारात्मक कुराहरु खेल्न थाल्दछ र त्यसले प्रभाब पनि नकरात्मक दिन थाल्दछ । त्यसका लागि राज्य सरोकारवाला सबैले नेपालीलाई उत्पादनमा अगाडि बढाउनु पर्दछ ।

कोरोनाका कारणले विश्व अर्थतन्त्र ठूलाले प्रभाव भने परी सकेको अबस्था छ ठुला कम्पनीहरु पूर्ण रुपमा बन्द नभएता पनि प्रभाव भने परिरहेको छ व्यापार ठप्प छ विश्व बजारका आयात निर्यातमा कमि छ । जसका कारण ठुला कम्पनी पनि टाट् पल्टिने अबस्थामा छन् । कच्चा पदार्थ निर्यात देखि आयातमा समस्या छ जसका कारण उत्पादनमा कमि र उत्पादित बस्तुहरु पनि बजार खपतमा कमि आइरहेको छ । यसको प्रभाव नेपाली बजारमा पनि परिरहेको छ । तर नेपालको अर्थतन्त्र आयातमुखी भएकाले नेपालमा खासै ठुलो प्रभाव भने पर्ने छैन किनकी नेपालमा अरु मुलुक जस्तो ठुला कम्पनी भने छैनन् भन्नुको अर्थ हुँदै नभएको भन्ने चाँहि हैन नेपालमा पनि सिमेट लगायत कम्पनिको हालत पनि त्यस्तै छ । नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने अबको दिशा भनेको कृषि नै हो यसको लागि हामी सबै कृषि उत्पादनमा लाग्न जरुरी देखिन्छ ।
नेपाल जस्तो परनिर्भर रहेको मुलुकमा आन्तरिक उत्पादनमा विशेष जोड दिनुपर्ने देखिन्छ । जसले आम्दानी बढाउन सकियोस् अनि देशका नागरिक भोकमारी जस्ता समस्याबाट बच्न केहि सहयोग त हुन्छ नै यसको अर्को सिकाई भनेको नेपालमा मानिसहरुको काम प्रतिको सम्मान र केहि गर्नु पर्दछ भन्ने सोचको विकास भने अवश्य हुनेछ । नेपालमा पहिलो कुरा भनेको जीवन उपायोगी सीप शिक्षाको आबश्यकता रहेको छ । जस्ले जीवन जीउन सहज बनाओस् अनि उसका हरेक क्रियाकलापमा सहज बनाउने वातावरणको सिर्जना गरोस् । अर्कोतर्फ जीवन उपयोगी सीप शिक्षासँग जीवको जिउने कलाको विकास भने अबश्य हुनेछ । कोरोनाको कहरले नेपाली र नेपाल जस्ता मुलुकको लागि ठूलो पाठ भने अबश्य सिकाएको छ नै तर हतियारको हाडवाजी गरिरहेका मुलुको लागि पनि यो ठुलो शिक्षा चाहि अबश्य हो । अर्कोतर्फ विकासको होडबाजिले मानव जीवन पनि नहुन सक्छ भन्ने उदाहरण पनि हो भन्न सकिन्छ ।

अतः कोरोनादेखि डराउनु भन्दा पनि साबधानी अपनाउनु पर्दछ । मानिसमा हुनसक्ने मानसिक तनाव मनोवैज्ञानिक असरलाई न्यूनिकरण गर्न सरकारले आफ्नो आफ्नो बाँझो बारीमा कृर्षि उत्पादमा जोड दिन केहि पहल तथा कार्यक्रम ल्याउनुु पर्दछ र कोरोना परिक्षणको दायरालाई बृद्धि गरी हरेक परिवार कोरोना परिक्षणको अभियान सञ्चालन गर्नु पर्दछ । मानिसमा परिरहेको मनोवैज्ञानिक असरलाई न्युनिकरण गर्न सिर्जनात्मक कार्यमा अगाडि बढाउन जरुरी रहेको छ । संक्रमत व्यक्तिलाई आवश्यक उपचारको राम्रो व्यवस्था गर्न आवश्यक ब्यवस्था सरकाले गर्नु पर्दछ । कोरोनाको यो घडिमा गर्न सकिने विकासका कार्य क्रमलाई अगाडि बढाउन जरुरी देखिन्छ ।