रुकुमपश्चिम, १४ जेठ (जागरण) । रुकुम पश्चिममा लकडाउन उल्लंघन गर्ने ७७ सवारी साधनधनी कारबाहीमा परेका छन् ।
गत चैत्र ११ गते देखी आजसम्म जिल्लाभरमा सानाठुला गरी ७७ वटा सवारी साधन कारबाहिमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । लकडाउन उल्लघंन गर्ने सवारीधनी कारबाहीबाट ७७ हजार रुपैयाँ नै राजस्व संकलन भएको छ ।
ट्राफिक प्रहरी कार्यालयकाअनुसार ६१ वटा मोटरसाइकल, ७ वटा ट्रयाक्टर, ६ वटा जीप तथा एक/एक वटा बस, ट्रक, अटो, कारबाहीमा परेका समाचार रुकुमपश्चिमबाट केशर पुनले समाचार पठाउनुभएको छ ।