जुम्लामा कालीमार्सी धान रोपाई

मानबहादुर कुँवर ।
जुम्ला, १४ जेठ (रेडियो खुला आकाश) । जुम्लामा कालीमार्सी धानको रोपाईं सुरु भएको छ । जुम्लाको गुठिचौर, चन्दननाथ, तातोपानी र सिंजा क्षेत्रमा स्थानीय काली मार्सी र राती मार्सीको रोपाइँ हुँदैछ ।

लकडाउन अर्थात् बन्दाबन्दीकाबीच जुम्लाका कृषकले दुरी कायम गर्दै रोपाई गरिरहेका छन् । अहिले कृषकलाई मार्सि धान रोप्न भ्याइनभ्याई छ ।

रोपाईंको समयमा कृषकहरुले रमाइलो गरेर धान रोप्ने चलन छ । विभिन्न गीत गाउँदै रोप्ने परम्पराले जिउलोमा रौनकता छाएको चन्दननाथ ४ की रन्नकली सुनारले बताउनुभयो ।

पछिल्लो समयमा मार्सी धानको चामलले महंगो बजार पाएपछि कृषकमा मार्सी रोपाईं प्रति आकर्षण बढेको छ ।