खाँडाचक्रले ल्याउँदैछ यस्तो नीति 

नन्द कठायत ।
सुर्खेत, १४ जेठ (जागरण) । राष्ट्रिय वित्त आयोगको तालिकाअनुसार संघीय नेपालका तीन तहका सरकारहरुमध्ये केन्द्र सरकारले हरेक वर्ष नयाँ आर्थिक वर्षको बजेट जेठ १५ भित्र सार्वजनिक गरिसक्नुपर्छ र त्यसअघि नीति तथा कार्यक्रम । त्यसैगरी प्रदेश सरकारले असार १ गतेभित्र ल्याइसक्नुपर्छ भने स्थानिय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ । यही नियमअनुसार कर्णाली प्रदेशका अधिकांस स्थानियतहहरु यसको तयारीमा लागिसकेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वमा महामारीको रुपमा फैलिरहेको छ । यसले गर्दा रोजगारिको लागि ठुलो संख्यामा विदेशिएका नागरिक भित्रिने क्रम बड्दो अवस्थामा छ । कोरोनाले गर्दा धेरै नागरिकको रोजगारी गुम्ने अवस्था सिर्जना भएको छ ।

यस्तो अवस्थामा कालिकाेटको खाँडाचक्र नगरपालिकाले के कस्ता नीति तथा कार्यक्रम ल्याउँदैछ त ? हामिले कालिकोटको खाँडाचक्र नगरपालिका नगर प्रमुख जसि प्रसाद पाण्डेसँग कुराकानी गरेका छौ ।

१) आगामी आर्थिक वर्षमा खाँडाचक्र नगरपालिकले कुन क्षेत्रलाई पहिलो प्राथमिकता राखेर वजेट ल्याउदै छ ?
खाँडाचक्र नागरपालिकाले यो आर्थिक वर्षमा ल्याउने निति तथा कार्यक्रममा केही परिमार्जन गरेर बजेट ल्याउदैछ । कोरोना भाइरसले गर्दा धेरै युवाहरुको रोजगारी गुम्ने अवस्था भएकाले यो वर्ष त्यस्ता बेरोजगार युवाहरुलाई कृषीमा आबद्ध गर्न नगरपालिकाले कृषीलाई पहिलो प्रथामिकता राख्ने छ । विकास निमार्णका ठुला आयोजनाभन्दा पनि यो वर्ष काम गरेर रोजगारी सिर्जना गर्नुपर्ने भएकाले रोजगारीमुलक कामलाई अगाडि बढाउने भएको छ । रोजगारीका कार्यक्रम सँगसगै बालबालिकालाई शिक्षामा आर्कषण गर्न शिक्षा क्षेत्रमा जोड दिने छ ।

नगरप्रमुख पाण्डे

२) रोजगारीको लागि तेस्रो मुलुक गएका यवा जनशक्ति ठुलो सख्यामा भित्रिएको छ, अब उनिहरुलाई गाउँमै रोजगारी सिर्जना गर्न के छ्न् योजना ?
कोरोनाले गर्दा तेस्रो मुलुक तथा बाहिरी जिल्लाबाट भित्रिने नागरिकहरुलाई त्यस्तो रोजगारीको लागि ठुला उद्योग धन्दाहरु नभए पनि युवालाई कृषीमै संलग्न गराइने छ । मेसिनद्वारा हुने विकास निमार्णका कामलाई युवा जनशक्ति परिचालन गर्ने खालका रोजगारी मुलक काममा लगाइने छ । देशमै भएका युवाहरुलाई रोजगारीको या व्यवस्थापन गर्न नसिएको बेला विदेशबाट ठुलो सख्यामा युवा भित्रिए सँगै उनिहरु बेरोजगार हुने अवस्था छ । यसैले नगरपालिकाले युवालाई काम गरेरै रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम ल्याउने योजना बनाएका छौँ ।

३) अहिले यहाँको नगरपालिकामा कति नागरिक भारत तथा तेस्रो मुलकबाट भित्रिदै छन्, केहि तथ्याङ्क छ ?
हाम्रो नगरपालिकामा अहिले दुई हजारभन्दा धेरै नागरिक फर्कने सम्भावना छ । अहिले भारतबाट नागरिक भित्रिने क्रम बढ्दो छ । अन्य बैदेशीक मुलुकबाट नागरिक भित्रिने अवस्था नरहेपनि भारतबाट यो समयमा ८० भन्दा धेरै नागरिक भित्रिसकेका छन् । कतिपय विभिन्न नाकामा आइपुगेका छन् ।