कर्णालीमा थप १५ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३८

सुर्खेत, १४ जेठ (जागरण) । कर्णाली प्रदेशमा कोभिड १९ अर्थात् कोरोना भाइरस संक्रमितको संख्या ३८ पुगेको छ ।

नयाँ १५ जना संक्रमित रहेको पुष्टि भएपछि संक्रमितको संख्या ३८ पुगेको हो ।

सुर्खेत प्रयोगशालामा गरिएको परिक्षणमा आज पोजेटिभ देखिएकाहरु सुर्खेत वीरेन्द्रनगर ४ का ६ जना, वीरेन्द्रनगर ३ का १ जना, वीरेन्द्रनगर ५ का १ जना, वीरेन्द्रनगर ९ का १ जना, वीरेन्द्रनगर ११ का १ जना, चौकुने गाउँपालिकाका ३ जना, ठेगाना नखुलेका १ जना र बझाङ का १ जना रहेका छन् ।

कर्णालीको प्रदेश अस्पतालका निर्देशक एवम् मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले संक्रमण पुष्टि भएकाहरुको अवस्था भने सामान्य नै छ ।