कर्णालीमा कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४६ पुग्यो

सुर्खेत, १५ जेठ (जागरण) । कर्णाली प्रदेशमा थप ८ जनामा कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएको छ । दैलेख जिल्लामा थप ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीकाअनुसार अव कर्णालीमा संक्रमितको संख्या ४६ पुगेको छ ।

जारी गरिएको एक विज्ञप्ति अनुसार नारायण नगरपालिका वडा नम्वर १ का १ जना, ३ का ४, वडा नम्वर ४ का २ र ५ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा नम्वर ४ मा १ बर्षका बालक र २० बर्षकी युवतीमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । संक्रमित सवै भारतबाट आएका र उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने तयारी भएको बताइएको छ ।