संघीय बजेटमा कर्णालीः हेर्नुहोस् २३ बुँदामा

काठमाण्डौँ, १५ जेठ (जागरण) । संघीय सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ ।

संघीय संसदमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गर्नुभएको हो । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ नौ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट आठ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उहाँले जानकारी दिनुभयो । संघीय बजेटमा कर्णाली प्रदेशका कुन कुन योजना सार्वजनिक भए त ?

संघीय सरकारको तर्फबाट कर्णाली प्रदेशका केही योजनाहरु निम्नानुसार छन्ः
१- कर्णाली कोरिडोर निर्माण
२- भेरी कोरिडोर निर्माण
३- सुर्खेत कोहलपुर सडक चार लेन
४- राप्ती राजमार्ग स्तरोन्नति
५- सुर्खेत जुम्ला राजमार्ग स्तरोन्नति
६- नाग्मा गमगढी रारा सडक निर्माण
७- हुम्ला सदरमुकाम सडक पुर्याउने
८- सुर्खेत प्रादेशिक विमानस्थल स्तरोन्नति
९- प्रदेश राजधानी वीरेन्द्रनगर खानेपानी
१०- सरुवा रोग अस्पताल योजना
११- भेरी बबई बहुउद्देश्यीय परियोजना
१२- सुर्खेतका बाढी पीडितका पुनर्स्थापना
१३- जगदुल्ला र नलगाड विद्युत आयोजना
१४- कर्णाली भेरी लिफ्ट खानेपानी
१५- कर्णाली नदी तथा जलाधार संरक्षण
१६- जडीबुटी उत्पादन तथा प्रशोधन विशेष कार्यक्रम
१७- सुर्खेतमा बहुमूल्य पत्थर उत्खनन उद्योग
१८- रारा ताल क्षेत्र दीर्घकालीन विकास योजना
१९- एक प्रदेश एक पर्यटकिय गन्तब्य
२०- कर्णाली बाल संरक्षण कार्यक्रम
२१- उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना
२२- हुम्ला यारी नाका व्यवस्थापन
२३- विधि विज्ञान प्रयोगशाला स्थापना