मानबहादुर कुँवर ।
जुम्ला, १९ जेठ (रेडियो खुला आकाश) । जुम्लाको पातारासि गाउँपालिका वडा नम्बर ६ उर्थुको नमुना सहकारीको भवन निर्माणमा व्यापक अनियमितता भएको भन्दै स्थानिय नागरिकले छानविनको माग गरेका छन् ।
गत आर्थिक वर्षमा प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास कार्यालय जुम्लाको समन्वयमा निर्माण भएको भवनमा आर्थिक घोटाला भएको स्थानिय नागरिकले माग गरेका हुन् ।
मन्त्रालयबाट प्राप्त भएको ८७ लाख रुपैयाँमध्ये भवन निर्माण, क्यारेट तथा कार्टुन खरिदमा नमुना सहकारीको सञ्चालक समितिले आर्थिक घोटला गरेको पातारासि ५ उर्थुका अर्जुन विष्टले बताउनुभयो ।
भवन निर्माणका लागि विनियोजित २८ लाख रुपैयाँमा आर्थिक घोटाला भएको विष्टले बताउनुभयो । उहाँका अनुसार ढुङ्गा, काठ र कामदारको ज्यालामा बढी घोटाला भएको छ । अहिले स्थानीय नागरिकले सहकारीका विल भरपाई सहितका कागजपत्र शिल गरेर प्रहरी चौकि उर्थुलाई बुझाएका छन् ।