सवारी दुर्घटना हुँदा बाँकेमा ११ जनाको मृत्यु, २२ घाइते

बाँके, १९ जेठ (जागरण) । सवारी दुर्घटना हुँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा ११ जनाको मृत्यु भएको छ ।

घटनामा परी २२ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी विहान १२ बजेतिर दुर्घटनामा परेको हो ।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।