सुर्खेत, १९ जेठ (जागरण) । कर्णाली प्रदेशमा कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । संक्रमितको संख्या अव दुई सय ३३ जना पुगेको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले प्रेस विज्ञप्तिमार्फत २ सय ३३ जनामा कोरोना सङ्क्रमण पाइएको जनाएको हो । अहिले सम्म कर्णाली प्रदेको सबै भन्दा बढी दैलेखका ९८ जना, सुर्खेतका ५०, जुम्लाका १९ जना, कालिकोटमा १८ जना, सल्यानका ४४ जना मुगुमा १ जना, बाजुरा, बझाङको र अछामका एक–एक जनालाई कोरोना सङ्क्रमण देखिएको हो ।
जुम्लामा दुई जना सुरक्षाकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर लक्ष्मिनारायण तिवारीले जानकारी दिनुभयो ।
अहिलेसम्म कर्णालीका ६ जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ । सुर्खेत, दैलेख, सल्यान, जुम्ला, मुगु र कालीकोटमा कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्य एक जनाको मृत्यु भएको छ भने कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ३३ पुगेको छ ।