जनताको आवाजः अभिभावक बालबालिकाको साथि बन्नुपर्छ

कृति सुवेदी ।
सुर्खेत, २० जेठ (जागरण) । देश यतिबेला लकडाउनको अबस्थामा छ । लकडाउनको अवस्थामा अहिले सबै विद्यालय बन्द छन् । विद्यालय बन्द भएको अवस्थामा बालबालिकालाई कसरी पढ्ने, के गर्ने ? लगायतका बालबालिकामा नकरात्मक असर पर्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा बालबालिकाहरुलाई लकडाउनको समयमा मनोबैज्ञानिक रुपमा नकारात्मक असर पर्न नदिन अविभावकले कस्तो भुमिका निर्वाह गर्नुपर्ला ? भनेर जनतालाई सोधेका छौँ । जसको जवाफ नागरिकस्तरबाट यसरी प्राप्त भएको छ ।

१) निर्मला सुवेदी, वीरेन्द्रनगर १२ नेवारे सुर्खेत ।
लकडाउनको समयमा अभिभावकले बालबालिकाप्रति साथीको भूमिका निर्वाह गर्नुपर्छ र उनीहरुको इच्छाअनुसार आफूले गर्दै गरेका काममा सहभागी गराई (कृषि, भान्सामा) व्यवहारिक बनाउने । उमेरअनुसारका रुचिलाई ध्यान दिने आफूसँगै राखि उनिहरुको व्यक्तित्व विकास गर्नुपर्ने बताउनुहुन्छ ।

२) खगेन्द्र सिंह, नारायण नगरपालिका दैलेख । बालबालिका भनेका कोपिला हुन् । उनीहरुलाई कस्तो बनाउने भन्ने अभिभावकमै भर पर्छ । साथै अहिलेको अवस्थामा भिडभाडबाट जोगाउन अविभावकहरु सजग रहनुपर्छ ।

३) रविना सिंह, कालिकोट । यो समयमा बालबालिकाहरुलाई आफुसँगै हिडाउने अहिलेको सन्दर्भमा अविभावकले समय मिलाएर पढ्न लेख्न सहयोग गर्नुपर्ने हुन्छ । मैले पनि त्यस्तै गरिरहेको छु ।

४) तेजप्रसाद तिवारी, वीरेन्द्रनगर १२ सुर्खेत । अभिभावकहरुले बालबालिकाको रुचिअनुसारको खेलौनाहरु उपलब्ध गराउने, साथीहरुसँग भेटघाट गर्न नपाउने भएकाले एक्लो महसुस हुने हुँदा अविभावक नै बालबालिकको साथि बनेर समय बिताउनुपर्छ ।