दैलेख, २१ जेठ (जागरण) । दैलेखको गुराँस गाउँपालिका वडानम्वर ४ मा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
एक जना घाइते हुनुभएको छ । तल्लो डुङ्घेश्वरबाट कञ्चनपुर तर्फ छुटेको ना ५ ख १६८५ नम्बरको बस आज घोडाबासमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसका चालक महेन्द्रनगरका कल्यानसिं बोहोराको घटनास्थलमै मृत्यु भएको र सहचालक जयराम अवस्थी घाइते हुनुभएको प्रहरीले बताएको छ । घाइतेको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।