शंकर केसी ।
सल्यान २१ जेठ (रेडियो कपुरकोट) । दलित विकास समाज सल्यानले कोरोना भाइरस विरुद्ध लड्न स्थानीय तहहरुलाई आर्थिक सहयोग गरेको छ ।
जिल्ला स्थित प्रकोप ब्यवस्थापन कोष र दश वटै स्थानीय तहहरुलाई आर्थिक सहयोग शुरु गरिएको दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले जानकारी दिनुभयो ।
आज कपुरकोट, त्रिवेणी, छत्रेश्वरी गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा १० हजार रुपैयाँ सहयोग गरिएको उहाँले बताउनुभयो । अन्य स्थानिय तहहरुलाई १०/१० हजारको दरले सहयोग गरिने पनि उहाँले बताउनुभयो ।
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा लकडाउनबाट प्रभावितहरुलाई राहत उपलब्ध गराउनका लागि दलित विकास समाजले सहयोग गरेको भन्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले खुसी व्यक्त गर्नुभएको छ ।