कर्णालीमा एकैदिन १०६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३८४

सुर्खेत, २२ जेठ (जागरण) । कर्णालीमा एकै दिन अहिलेसम्मकै धेरै एक सय ६ जनामा कोभिड १९ अर्थात कोरोना संक्रमण पुष्टी भएको छ ।
कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा एकदिन १०६ जनामा कोभिड १९ अर्थात कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेहरुमा दैलेखका १ सय ५ जना छन् भने मुगुका १ जना रहेका छन् । योसँगै कर्णालीमा संक्रमितको संख्या ३ सय ८४ पुगको छ ।
३ सय ८४ संक्रमित मध्य सबैभन्दा धेरै दैलेखका २ सय १० जना, सुर्खेतका ६१ जना, सल्यानका ५५ जना, कालिकोटका २५, जुम्लाका २१ जना र मुगुका २ जना रहेका छन् ।
यस्तै, सुदुरपश्चिम प्रदेशका सुर्खेतको प्रयोगशालामा परिक्षण गरिएका अछामका १० जना, बाजुराका १ जना र बझाङका १ जना संक्रमित रहेका छन् ।
कर्णालीमा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भइसकेको छ ।