करिव ३० लाख बराबरका सामग्री सहयोग गर्‍यो स्याकले

सुर्खेत, २४ जेठ (जागरण) । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि समाज जागरण केन्द्र (स्याक) नेपालले सुर्खेतका विभिन्न स्थानिय तहमा करिव ३० लाख रुपैयाँ बराबरका आवश्यक सामग्री सहयोग गरेको छ ।

स्याक नेपालले एकद्वार प्रणालीमार्फत सुर्खेतका सिम्ता गाउँपालिका, लेकवेशी, वीरेन्द्रनगर नगरपालिका र विभिन्न स्वास्थ्य संस्थालगायतलाई लकडाउन भएपछि अहिलेसम्म पटक–पटक गरी स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

स्थानियतहहरुलाई साबुन, स्वास्थ्य सुरक्षा सामग्री (पीपीई), सेनिटाइजर, मास्कलगायत सामग्री उपलब्ध गराइएको स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले जागरणलाई जानकारी दिनुभयो ।

आचार्यका अनुसार सफ्टवयरको माध्यमबाट प्रभाबकारी रुपमा सुर्खेतका ९ वटै पालिकाका लक्षित वर्गहरुलाई फोनमार्फत कोरोनाबाट बच्नका लागि जानकारी गराउने काम समेत गरिएको छ ।

साथै विभिन्न स्थानिय तहलाई माग र आवश्यकताको आधारमा क्वारेन्टाइन व्यवस्थापन, अस्थायी शौचालय र हातले नछोइकन हात धुन मिल्ने स्टेशनलगायतका सामग्री हस्तान्तरण गरिने र हाल समन्वय गरिरहेको बताउनुभएको छ ।