विगतको वर्ष भन्दा अहिले सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रम राम्रोः शाही

नन्द कठायत ।
सुर्खेत, २४ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेको छ । अव प्रदेश सरकार बजेटको तयारीमा छ । कर्णाली सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया र अव आउने बजेट सन्दर्भमा प्रदेशसभा सदस्यहरुको भनाई के छ त ? हामिले कालिकोटको प्रदेश सभा (क) बाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मराज शाहीसँग कुराकानी गरेका छौँ ।

१) कर्णाली प्रदेश सरकाले प्रस्तुत गरेको यो आर्थिक वर्ष निति तथा कार्यक्रमलाई तपाइले कसरी लिनुभएको छ ?
गएको दुई आर्थिक वर्षको निति तथा कार्यक्रम भन्दा यो आर्थिक वर्षको निति तथा कार्यक्रम मलाई लाग्छ कि, आर्थिक वर्ष २०७७/७८ को निति तथा कार्यक्रम एकदमै शैद्धान्तिक हिसाबले यसको लक्ष्य, उद्देश्य किटानिका साथ र प्रथामिकताका आधारमा निति तथा कार्यक्रम आएको छ । मलाई लाग्छ विगतको वर्ष भन्दा अहिले सरकारले प्रस्तुत गरेको निति तथा काकर्यक्रम राम्रो छ । किन भने, कोरोना भाइरस महामारी अहिले हाम्रो अगाडि चुनौति पहाड खडा भएका छ, यसलाई परास्त गर्नुपर्ने पहिलो चुनौति प्रदेश सरकारको रहेको छ । विगतका आर्थिक वर्षमा आर्थिक क्रान्तिलाई र सामाजिक क्रान्तिलाई निति तथा कार्यत्रममा पहिलो प्राथमिकता दिइन्थ्यो भने यो आर्थिक वर्षमा विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस परेको छ । यो वर्ष २५ प्रतिशत बजेट पूर्वाधारमा जाने अरु सबै कोरोना भाइरसमा केन्द्रित हुने छ ।

२) कर्णाली प्रदेश सरकारले निति तथा कार्यक्रम प्रस्तुत गरेर अब बजेट पनि सार्वजनिक हुने समय पनि भइसकेको छ, अब बजेटमा के कस्ता कुरालाई समेट्नु पर्छ होला ?
सबै भन्दा पहिला त कोरोना भाइरसको विरुद्धमा यसको रोकथाम र प्रतिकार्य र क्वारेन्टाइन निमार्ण गर्ने क्रममा, आइसोलेसन, भेल्टिलेटर किन्न बाँकी छन् । हामि त गरिब प्रदेशका नागरिक त हौँ । गरिब प्रदेशमा चाहेको जस्तो स्वास्थ्य सामग्री, औजार, मेसिनहरु प्रर्याप्त मात्रामा छैनन् । त्यसैले अहिलेको बजेट व्यवस्था आइसोलेसनका भवनहरु हामिसँग छैनन्, त्यसका लागि आइसुलेसनलाई वेड मात्रै नभएर वाडको रुपमा पनि लैजानको निम्ती बजेट केन्द्रित गर्नु पर्छ । पहिलो संघर्ष गरेका छौँ, भने अर्को दोस्रो संघर्षा भनेको कोरोना भाइरस सँगसगै भौतिक पूर्वाधारको क्षेत्रमा यो वर्ष कुनै पनि नयाँ योजना छनोट नगरी पुरानै क्रमागत रुपमा रहेका योजनालाई सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्छ । अहिलेको बजेट यहि विषयमा केन्द्रित हुन्छ, मैले पनि संसदमा यिनै विषयमा केन्द्रित रहेर आफ्नो छलफललाई अगाडि बढाएको छु ।

३) बजेटका कुरा गरिरहँदा विगतका वर्षमा बजेट नै खर्च र कार्यान्वयन नहुने जुन परिपार्टि छ, अब यो वर्ष पनि परिपाटी दोहोरिन नदिन र समयमै बजेट कार्यन्वय गर्न के गर्नु पर्ला ?
अब दुई वर्ष सम्म आइपुग्दा हामिहरु पुजिगत खर्च गर्ने क्रममा कामजोर बन्यौ । यसले गर्दा प्रतिफल दिन सकेन र जनताको मन जित्न सकेनौ । नयाँ प्रदेश, नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले अगाडि बढ्न सकेनौँ । त्यसैले मलाई लाग्छ अब प्रदेश सरकारले प्रत्येक जिल्लामा आफ्ना कार्यालय आफ्ना भौतिक संरचनाहरु निर्माण गरिसकेको छ । विगतका आर्थिक वर्षमा सबै काममा पन्छिने गरेका थियौँ । अहिलेको आर्थिक वर्षमा पन्छिने परिस्थितिमा छैनौ । अब चौथो चौमासिकमा आइपुग्दा योजना सम्पन्न गर्ने, त्यसको मुल्याङकन गर्ने, अनुगमन गर्ने, त्यो प्रक्रिया अगाडि बढाउनु पर्छ ।