भोकमारी अन्त्य गर्ने किसिमले बजेट ल्याउनुपर्छः कंडेल

कृती शुवेदी ।

सुर्खेत, २४ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेको छ । अव प्रदेश सरकार बजेटको तयारीमा छ । कर्णाली सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया र अव आउने बजेट सन्दर्भमा प्रदेशसभा सदस्य यामलाल कंडेलसँग गरिएको कुराकानीको सम्पादित अंश ।

कर्णालीको नीति तथा कार्यक्रमबारे तपाईंको प्रतिक्रिया के छ ?,
कोरोना भाइरसले विश्व, नेपाल र हाम्रो कर्णाली पनि भयभित भइरहेको छ । कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम जनतालाइ कोरोना भाइरस नियन्त्रण तथा यसबाट उत्पन्न हुने भोकमरी अन्त्य गर्ने किसिमको छ । अब त्यहि अनुरुप चाँहि बजेट आउनुपर्छ । नीतिमा राम्रो तर जनतालाई विस्वास दिलाउनकालागि ब्यबहारमा उतारेर काम गर्न जरुरी हुन्छ ।
अब बजेट सार्वजनिक हुने बेला पनि भयो, के कस्ता कुरा बजेटमा समेटिनुपर्छ ?,
बजेट भन्नाले विगतको निरन्तरता पनि भएको हुनाले बिगतका कतिपय योजनाहरुलाइ पनि समेट्नुपर्ने हुन्छ । तर अहिलेको विषम परिस्थितिमा कर्णाली प्रदेश सरकारले कोरोना बाट उत्पन्न परिस्थिति र उत्पन्न हुने भोकमरि लाइ कसरी कम गर्न सकिन्छ भन्नेमै अहिलेको बजेटलाई पुरै केन्द्रित गर्नुपर्छ । जुन कुरा मैले जनताको प्रतिनिधि भएको नाताले संसदमा पनि उठाएको छु हेरौँ बजेट कस्तो आउँछ ।
विगतमा बजेट खर्च नै नहुने र योजना कार्यान्वयन नै नहुने गरेकोमा अब अब के गरेमा यस्तो समस्या समाधान होला ?
मैले संसदमा पनि यहिकुरा उठाएको छु । यद्यपि यो देशकै समस्या हो र कर्णालीमा पनि यो समस्या छ ।
बजेटलाइ कार्यान्वयन गर्नका निम्ति मूलतः प्रशासनिक क्षेत्रलाइ चुस्त र दुरुस्त बनाउनुपर्छ बजेट छ । नीति छ, योजना छ, तर कार्यक्षमता नभएका कारण जनताले महसुस गर्न सकिराका छैनन् भन्न कुरालाई मनन् गर्दै सुधार गर्दै अघि बढ्नुपर्छ । जुनकुरा बारम्बार मैले सदनमा पनि बारम्बार उठाउँदै आएको छु ।