कर्णाली कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तिन पुग्यो

सुर्खेत, २४ जेठ (जागरण) । कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तिन पुगेको छ ।
जगदुल्ला गाँउपालिका ३ डोल्पाका एकजनाको हिजो होम क्वारेन्टाइनमा मृत्यु भएको थियो । उनको रिपोर्ट पोजेटिभ आएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तिन पुगेको हो । अस्थायी रुप सुर्खेतमा बसोबास गर्दै आएका ५८ बर्षका पुरुषको स्वाब संकलन गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गरिएको र उनको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।
भौगोलिक विकटताको कारण स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गरि कन्ट्याक्ट ट्रेसिङ्ग गरिरहेको बताइएको छ ।
यस्तै, जाजरकोटमा एक प्रहरीसहित चार जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ ।
सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा शनिबार बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटका १ जना प्रहरीलाई संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।