स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइनुपर्‍यो

नन्द कठायत ।

सुर्खेत, २८ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेको छ । अव प्रदेश सरकार बजेटको तयारीमा छ । कर्णाली सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया र अव आउने बजेट सन्दर्भमा प्रदेशसभा सदस्यहरुको भनाई के छ त ?
अब आउने आर्थिक वर्षमा प्रदेश सरकारले ल्याउने बजेटमा कस्ता कुरालाई प्राथमिकता दिनुपर्ला ? भन्ने विषयमा हामिले सुर्खेतबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने राजु नेपालीसँग कुराकानी गरेका छौँ ।

१) कर्णाली प्रदेश सरकाले प्रस्तुत गरेको यो आर्थिक वर्ष निति तथा कार्यक्रमलाई तपाइले कसरी लिनुभएको छ ?
अब हामिले अध्ययन गरेअनुसार अहिलेको आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम एकदमै राम्रो छ । तर यो निति तथा कार्यक्रम प्रदेश सरकारले ल्याएर मात्र हुँदैन यसमा कार्यन्वयन गर्ने प्रक्रियामा ध्यान दियो भने राम्रो हुन्छ । यो वर्षको बजेटमा अपांङ्गता भएका, जातजाति, लिङ्ग, युवा वर्ग सबै क्षेत्रलाई समेटिएकाले बजेट सैदान्तिक आएको छ ।

२) कर्णाली प्रदेश सरकारले निति तथा कार्यक्रम प्रस्तुत गरेर अब बजेट पनि सार्वजनिक हुने समय पनि भइसकेको छ, अब बजेटमा के कस्ता कुरालाई समेट्नु पर्छ होला ?
अब सबैभन्दा पहिला त यो कोरोना भाइरसले गर्दा अहिले रोक र भोकलाइ नै पहिलो प्राथमिकता दिएका छौँ । रोग लागेर कसैले मर्न नपरोस् र अहिलेको यो माहामारिबाट बच्नको लागि प्रदेश सरकारले स्वास्थ्य सामग्री प्रयाप्त ल्याउनु पर्छ । यस्तै स्वास्थ्य सँगसगै कृर्षी क्षेत्रलाई जोड दिनु पर्छ । किन भने अहिले धेरै मात्रमा विदेशबाट रोजगारि गुमाएर युवा जनशक्ति भित्रिएकाले उनिहरुलाई कृषी क्षेत्रमा जोडि रोजगारि सिर्जना गर्न पर्ने छ । आइपर्ने भोकबाट बच्नको लागि भएपनि युवाहरुलाई श्रम दिएर रोजगारिमा जोडर्नु पर्ने भएकाले अहिले कृषीलानै जोड दिनुपर्ने आवश्यक देखिन्छ ।

३) बजेटका कुरा गरिरहँदा विगतका वर्षमा बजेट नै खर्च र कार्यन्वयन नहुने जुन परिपाटी छ, अब यो वर्ष पनि परिपाटि दोहोरिन नदिन र समयमै बजेट कार्यन्वय गर्न के गर्नु पर्ला ?
अब जुन बजेट छुटिन्छ । त्यसमा कार्यविधिहरु बनाइ दिनुपर्‍यो । कार्यविधि बन्यो भने सबै कामलाई सहज रुपमा अगाडि बढ्छन् । कार्यविधिमा रहेर काम गरे पछि विगतका वर्ष जस्तो योजना कार्यन्वयन नहुने र बजेट पनि खर्च नहुने परिपाटी अन्त्य हुन्छ । दुई वर्ष सम्म आइपुग्दा यसले गर्दा प्रतिफल दिन सकेन र जनताको मन जित्न सकेनौँ । रकम पनि रकमान्तर भयो त्यसैले कार्यविधि बनाउनु पर्छ । अहिले युवाहरु भित्रिएकाले पनि कार्यविधि ठिकै बन्छ होला । कार्यविधि अनुसार काम तुरुन्त युवाहरुलाई दिन्छौँ र यो वर्ष बजेट पनि खर्च हुन्छ ।