रुपन्देही ११ को फराकिलो जित ।

सुर्खेत ९, (जागरण) सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग(केपिएल) टि–ट्वेण्टी क्रिकेट प्रतियोगितामा आज भएको दोस्रो खेलमा १ सय ४ रनले रुपन्देही ११ विजयी भएको छ । वीरेन्द्रनगर स्थित रंगशालामा पहिलले ब्याटिंग गरेको रुपेन्देहीले २० ओभरमा ५ विकेट गुमाएर २ सय ९ रनको योगफ तयार गरेको थियो । जसको लागि निशल चौधरीले ८५ रन तथा शक्ती ४२ रन बनाए ।
२१० रनको लक्ष्य पछाउने क्रममा महाकालिले २० ओभरमा ७ विकेट गुमाएर एक सय ५ रन मात्र बनाउन सकेपछि एक सय ४ रनको हार व्यहोरेको थियो । रुपेन्देही बरल कृष्ण कार्कीले ३ विकेट लिए । खेलको म्यान अफ म्याच निशचल चौधरी भए ।
यसैविच अहिले तेस्रो खेलमा काठमाण्डौँ क्रिकेट टेनिङ सेन्टर र धनगढी क्रिकेट एकेडेमीविच खेल भइरहेको छ ।
यस अघि भएको पहिलो खेलमा एविसि स्पोसर्ट क्लब बिजयी भएको छ । वीरेन्द्रनगर स्थित रंगशालामा भएको खेलमा एविसिले रोयल राइजिंग क्लबलाई ६ रनले पराजित गरेको हो ।
जेठ ३ गतेदेखि सूरु भएको कर्णाली प्रिमियर लिगमा १० टिमको सहभागिता रहेको छ । बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको आयोजना भएको प्रतियोगिता जेठ १२ गतेसम्म संचालन हुनेछ । कर्णाली प्रदेशमै पहिलो पटक सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन् ।