कर्णालीमा कोरोना संक्रमित बढ्दै, संक्रमितको संख्या आठ सय नजिक

सुर्खेत, २८ जेठ (जागरण) । कर्णाली प्रदेशमा आज थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै संक्रमितकोे संख्या ७ सय ६३ पुगेको छ ।
पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट थप ५५ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाण्डौका एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
संक्रमितमध्ये दैलेखमा ४ सय ४१, सुर्खेतमा १ सय १२, सल्यानमा १ सय ३६, जुम्लामा २४ कालिकोटमा २८, मुगुमा २, डोल्पा १ हुम्लामा १ र जाजरकोटमा ८ जना छन् ।
कर्णाली प्रदेशमा बाहिरी जिल्लाका बाजुरा १, अछाम १०, बझाङ १ जना, हुम्ला १, जाजरकोट १, रामेछाप १, गोरखा १ र काठमाडौं १ जना रहेका छन् ।
प्रदेशका १० जिल्लामध्ये हालसम्म रुकुम पश्चिममा भने कोरोनाको संक्रमण देखिएको छैन । हालसम्म कोरोना पुष्टि भएका मध्ये तीन जनाको मृत्यु भइसकेको छ, भने ६० जना निको भएर घर फर्किएका छन् ।