कर्णालीमा खेलकुदका लागि साढे १५ करोड बजेट विनियोजन

सुर्खेत, १ असार (जागरण) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षमा खेलकुदको विकासका लागि साढे १५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले युवा परिचालन तथा खेलकुद विकासका लागि १५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको छ ।

सुर्खेतमा प्रादेशिक रंगशाला निर्माण, राष्ट्रिय खेलकुद आयोजनाका लागि पूर्वाधार विकास, सबै जिल्लाको खेल पूर्वाधार र खेलाडीको हितमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।