टिका विश्वकर्मा ।
जाजरकोट, ५ असार (रेडियो खलङ्गा) । जाजरकोटका विभिन्न ठाउँहरुमा कृषकहरुले लगाएको मकै बाली फौँजी किराले नष्ट बनाएको छ । अमेरिकन फौँजी किराले मकैको पात, जरा र गुफो नै खाईदिएपछि नलगाड नगरपालिका १ जुरेलीका कृषक चिन्तित बनेका छन् ।
असिना, पानीले हिउँदे (गहुँ) बाली नष्ट भएकोले बर्षेबालीको आशामा बाँची रहेका कृषकहरुलाई फौजी किराले निरास बनाएको लालबहादुर रानाले बताउनुभयो ।
बारीमा रोपेको मकै ठुलो होला, गोडमेल गरौला भन्ने आसगरेका कृषकलाई यस बर्ष फौजी किराले २–३ पटकसम्म बारीमा मकै रोप्न बाध्य पारेको नलगाड– १ जुरेलिका कृषकले बताएका छन् ।
१५ रोपनी जग्गामा उत्पादन गरिएको मकैबाट बर्ष दिनको छाँक टार्दै आएका जाजरकोटका कृषकलाई यस बर्ष मकै बालीमा लागेको फौजी किराले चिन्तित बनाएको छ ।