सुर्खेत, ९ जेठ (जागरण) । कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्वर बुढा र मन्त्रालयका सचिव विद्यानाथ झाबीच झडप भएको छ ।
आज कार्यकक्षमै स्वकीय सचिव बुढा, जगत सिंह, हरिप्रसाद तिवारीसँग सचिव झाको झगडा भएको हो । प्रहरीले तीन जनालाई पक्राउ गरेर केही समयपछि छोडेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामसिंह चौधरीले सचिव झाले आफूमाथि हातपात हुन लागेको जानकारी गराएपछि प्रहरी टोली पठाएर तीनै जनालाई पक्राउ गरिएको बताउनु भएको छ । विभीन्न शीर्षकको वजेटका विषयमा विवाद भएपछि झडप भएको बताइएको छ ।