दिलमाया शाही ।
जुम्ला, ६ असार (रेडियो नारी आवाज) । जुम्लामा आज देखी सरसफाई अभियान सुरु भएको छ । बढ्दो फोहोरका कारण जुम्लामा हैँजा फैलिने खतरा बढेको भन्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकको निर्णयानुसार सफासुगर जुम्ला बजार बनाउनका लागी आजबाट सरसफाई अभियान थालिएको हो ।
लामो समयदेखी फोहोर थुप्रिन थालेपछि दुगन्धीत भएको जुम्ला बजारमा युवाहरुले सरसफाई अभियान चलाएका थिए । आज प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा आफै कुचो लिएर सडकमा निस्किएपछि बजारको फोहोर उठेको छ ।
प्रमुख जिल्ला अधिकारी थापालाई स्थानीय युवाले साथ दिएका छन् । चन्दननाथ नगरपालिकाले दिर्घकालिन डम्पिङ साईडको ब्यवस्था नगर्दा जुम्ला बजारको फोहोर नउठेको हो ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार तत्कालका लागि चन्दननाथ नगरपालिका ४ को खालगाडमा अस्थायी फोहोर व्यवस्थापन क्षेत्र छनोट गरिएको छ ।