सुर्खेत, १० जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग (केपिएल) टि–ट्वेण्टी क्रिकेट प्रतियोगिताको आठौँ दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
सुर्खेतको भेरीगंगा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै आर्मीले जित निकालेको हो ।
टस जितेर पहिले ब्याटिंग गरेको भेरीगंगाले ढिला सुरु भएका कारण निर्धा्रित १२ ओभरमा घटाईएको खेलमा ४ विकेट गुमाएर ६३ रन बनाएको थियो ।
उसको लागि तिलक थापाले सर्वा्धिक २० रन , सौगात कार्कीले १८ रन तथा पदम कंडेलले १३ रन योगदान दिनुभयो । बलिङ्गतर्फ आर्मीका बलर जितेन्द्र मुखिया, चन्द्र साउद, सागर पुन र साहब आलमले समान १ विकेट हात पार्नुभयो ।
६४ रनको लक्ष्य आर्मीले ७ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । आर्मीका लागि सागर पुन र इन्द्रकमल मानन्धरले समान १७ रन तथा राजु रिजाल र भिम शार्कीले समान १२ रन बनाउनुभयो । भेरीगंगाका बलर जनादेश चुनाराले २ विकेट लिनुभयो ।आजको खेलको म्यान अफ दि म्याच अार्मीका चन्द्र साउद घोषित हुनुभयो ।