चौरजहारीमा अव चाँडै कोरोना परीक्षण

ज्ञानु गौतम ।
रुकुमपश्चिम, १६ असार (जागरण) । कोरोना परीक्षणका लागि पिसिआर मेसिन रुकुमपश्चिमको चौरजहारी पु¥याइएसँगै अव चाँडै सञ्चालन गर्ने तयारी भएको छ ।

चौरजहारी नगरपालिकाले १ हजार परीक्षण किट सहित मेसिन खरिदका लागि १ करोड २३ लाख रुपैयाँमा सम्झौता गरेको थियो । दैनिक ९० जनासम्मको स्वाब परीक्षण गर्ने गरी मेसिन खरिद गरिएको चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले बताउनुभयो ।

अब रुकुमसहित सल्यान, जाजरकोट र डोल्पाका नागरीकहरुको कोरोना भएनभएको परीक्षण गर्न सहज हुने उहाँले बताउनुभएको छ ।