सुर्खेतमा आजदेखि के खुल्ने, के नखुल्ने ?

सुर्खेत, १८ असार (जागरण) । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना संक्रमणको जोखिमबाट बच्न व्यक्ती–व्यक्तीबीच दुरी कायम गर्दै पसल खोल्न उद्योग व्यवसाय र व्यापारीहरुलाई निर्देशन दिएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले आजदेखि लागु हुने गरी विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म पसल खोल्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फलफूल, तरकारी, दुध, ग्याँस, औषधी पसल जस्ता अत्यावश्यक सेवा बाहेकका पसलहरु शनिवार बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

लकडाउन खुकुलो भएपछि व्यापारिक क्षेत्रमा भीडभाड धेरै बढेको भन्दै प्रशासनले होटल, रेष्टुरेन्ट लगायतका खाजा, नास्ता पसलहरु, सैलुन तथा ब्युटी पार्लर पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

कालोबजारी रोक्नका लागि सबै पसलमा मुल्यसूची टाँस्नु गर्नु पर्ने छ । प्रमुख जिल्ला अधिकारी रेग्मीले सवारी साधन सञ्चालनको सम्बन्धमा जोर विजोर प्रर्णाली लागू गरी तीन पाङग्रे सवारी साधन पूर्ण रुपमा बन्द गरिएको जानकारी दिनुभएको छ ।