उपचाररत राजीलाई जयन्तीको सहयोग

सुर्खेत, २४ असार (जागरण) । अमेरिकामा रहनुभएका सामाजिक अभियान्ता जयन्ती थापाले ओस्टेओमाइटिस (हड्डि कुहिने समस्या) बाट पीडित पञ्चपुरी नगरपालिका सुर्खेतका १५ वर्षीय बालक चन्द्र राजीको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

सुर्खेत वीरेन्द्रनगर घर भई हाल अमेरिकामा रहनुभएका सामाजिक अभियान्ता थापाले विगतदेखि नै विभिन्न समस्या तथा विपतको साझेदार बने जस्तै आर्थिक अभावका कारण खुट्टाको उपचारमा समस्या भएका राजीको उपचारका लागि रकम पठाउनुभएको हो ।

अस्पतालको सबै खर्च कर्णाली प्रदेश अस्पतालले नै ब्यहोर्ने सहमती भएपनि बाहिरी औषधी उपचारमा २ लाख भन्दा बढी खर्च लाग्ने हुँदा समस्या भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा करिब २ हप्तादेखि दुबै खुट्टा पाकेको अवस्थतामा आइसीयुमा उपचार भइरहेको विरामीका दाई पदम बहादुर राजीले बताउनुभएको छ ।

जयन्त्रीले शीघ्र स्वास्थ्य लाभको कामनासहित सहयोग रकम उपलब्ध गराएपछि अन्य सहयोगिहरुले पनि सहयोग गर्ने आशा गर्दै उपचार सफल हुनेमा आशावादी रहेको विरामीका आफन्त तथा पत्रकार अशोक राजीले बताउनुभयो ।

दुबै खुट्टा पुर्ण रुपले कुहिएकाले उपचारमा समेत धेरै आर्थिक रकम आवश्यक पर्ने अस्पतालले जनाएको छ । उहाँको उपचारमा डाक्टरहरु नियमित रुपमा लागि रहेको हाडजोर्नी विशेषज्ञ डाक्टर रुपक कँडेलले बताउनुभयो ।