जाजरकोटमा भीषण पहिरो: १ जनाको मृत्यु, ११ जना वेपत्ता

कालीबहादुर नेपाली ।
जाजरकोट, २६ असार (जागरण) । बिहीबारदेखि परेको अविरल बर्षाका कारण जाजरकोट बारेकोट गाउँपालिकामा भीषण पहिरो जाँदा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ ।
भने अन्य ११ जना वेपत्ता भएका छन् ।
पहिरोले बारेकोट गाउँपालिकाको वडा नम्बर ४ को सार्की टोलमा दुई घर पुरिएरका छन्
पहिरोमा पुरीएका १ जनाको मृत्यु भएको र अन्य ११ जना वेपत्ता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
मृत्यु हुनेको परिचय भने खुल्न नसकेको र उद्दारका लागि सुरक्षा कर्मी त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।