कर्णाली प्रदेशसभाः संसदीय समिति गठन भएको दुई वर्षपछि औपचारिक रुपमा नेतृत्व चयन

सुर्खेत, २९ असार (जागरण) । कर्णाली प्रदेश सभा संसदीय समितिहरुको कामलाई प्रभावकारी बनाउने जिम्मेवारी आफुहरको काँधमा आएको नवनिर्वाचित समितिका अध्यक्षहरुले बताएका छन् ।
विभिन्न ४ वटा समितिहरुमा अध्यक्षको जिम्मेवारी लिदैँ उनिहरुले यस्तो बताएका हुन् ।
विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षमा निर्वाचित हुनुभएका सांसद दानसिंह परियारले समितिलाई व्यवस्थापन गरी समय शान्र्दभिक र जनअपेक्षा अनुसारको कानु्न बनाई सरकारका गतिविधिलाई नियन्त्रण÷ नियमन गरिने कर्णाली रैबारलाई बताउनुभयो ।
सामाजिक विकास समितिमा अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएकी प्रदेश सांसद देवी ओलीले कर्णालीको सामाजिक क्षेत्रमा भएका गतिविधिमा आमुल परिर्वतन ल्याउनका सरकारलाई सचेत बनाउने बताउनुभयो ।
वलीले सामाजिक कुरिती विरुद्धको अभियानलाई राज्यमार्फत न्युनिकरण गर्न पहल गर्नका लागि आफ्नो ध्यान केन्द्रीत गर्ने बताउनुभयो ।
यस्तै, सार्वजनिक लेखा समितिमा अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका काँग्रेसबाट निर्वाचित सांसद दिनबन्धु श्रेष्ठले सरकारलाई जतिसक्दो जवावदेही, उत्तरदायि अनियमितता हुन नदिनेगरी समितिबाट निर्दिष्ट गरिने बताउनुभयो ।
यस्तै अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा निर्वाचित हुनुभएका नेकपाका सांसद गणेशबहादुर सिंहले पनि आफ्नो जिम्मेवारीलाई गम्भिरतापुर्वक रहेर निर्वाह गर्ने बताउनुभयो ।
कर्णाली प्रदेशसभाका निमित्त सचिव वीरबहादुर केसीका अनुसार आज दिउँसो १ बजेका लागि निर्वाचन समय तोकिएको थियो । यद्यपि अन्यको उम्मेदवारी नपरेपछि उहाँहरु नर्विरोध निर्वाचित हुनुभएको हो ।
कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ अनुसूची–५ बमोजिम सभामुखले तोकेको कार्यकक्षमा सपथ ग्रहण पश्चात् अध्यक्षहरूले कार्यभार सम्हाल्ने छन् ।
समिति गठन भएको दुई वर्ष बितिसकेपछि औपचारिक रुपमा नेतृत्व चयन भएको हो ।