सुर्खेत, १० जेठ (जागरण) । विपद् जोखिम न्युनिकरणका लागि पूर्व सुचना प्रर्णालीलाई प्रभावकारी गराउन जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् । विपद्बाट हुने जनधनको क्षतिलाई न्युनिकरण गर्न पूर्व सुचना प्रणालीलाई प्रभावकारी गराउनुपर्नेमा कार्यक्रमका सहभागिहरुले जोड दिए । युएसआइडीको आर्थिक सहयोगमा पहल परियोजाले आयोजना गरेको गोष्ठिमा सहभागिहरुले विशेष गरेर गाउँपालिका र नगरपालिको महत्वपूर्ण भूमिका रहने पनि उनीहरुको बताएका छन् ।
जलवायु सुचना प्रवाह, सुचना प्रणालीको स्थापना, यसको प्रभावकारी सञ्चालन र दिगोपनामा सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुनुपर्ने उनीहरुले बताए । जनताहरुलाई पूर्व सुचना दिनका लागि मोबाइलको एसएमएस, रेडियो, टेलिभिजन वा अन्य कुनै माध्यमबाट छिटोछरितो रुपमा दिनका लागि सबैले सहकार्य र समन्वयमा जोड दिनुपर्ने उनीहरुको भनाई छ । प्राकृतिक विपद्बाट नेपालमा धेरै जनधनको क्षति हुने भएकाले पहिले प्रभावकारी रुपमा सुचना प्रवाह गरेर जोखिमलाई कम गर्न सकिने उनीहरुको भनाई छ ।
मध्य तथा सुदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाले जनताहरुलाई सुचना प्रवाहको लागि महत्वपूर्ण भूमिका रहनुपर्ने बताउनु भयो । उहाँले स्थानीय तहहरुले विकास निर्माणका कामहरु गर्दा पनि ध्यान दिन आवश्यक रहेको बताउनु भयो । समयमै सहि सुचना दिन सके विपद्बाट हुने जनधनको क्षतिलाई कम गर्न सकिने उहाँले बताउनु भयो । उहाँले प्रत्येक स्थानीयतहले मौसमी केन्द्र स्थापना गरेर जनतालाई सुचना दिन सकिने बताउनु भयो ।
कार्यक्रममा पहल परियोजनाका क्षेत्रीय विपद् जोखिम न्युनिकरण अधिकृत डम्मर सुनारले विपद् जोखिम व्यवस्थापनमा सरोकारवालाहरुले लगानी गर्न आवश्यक रहेको बताउनु भयो । विपद् जोखिमलाई व्यवस्थापन गर्न भन्दा पनि यसलाई राहत बाड्नेमा केन्द्रीत भएको भन्दै जोखिम न्युनिकरणमै चासो दिनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले विप्द व्यवस्थापनमा नगरपालिका र गाउँपालिकाले ध्यान केन्द्रित हुने बताउनु भयो । उहाँले आगामी वर्षदेखि यसमा नगरपालिकाकाले बजेट छुट्टाएर योजना ल्याउने बताउनु भयो ।
यस्तै चामुण्डा विन्द्रासैनी नगरपालिका प्रमुखले विपद् जोखिम न्युनिकरणका लागि बजेट बिनियोजन गरेर लाग्ने बताउनु भयो । उहाँले पूर्व सुचना प्रत्येक जनतासामु पु¥याउन कार्ययोजना नै बनाएर अघि बढ्न जरुरी रहेको भन्दै नगरपालिकाले बजेट बिनियोजन गर्नुपर्ने बताउउनु भयो । उहाँले प्रत्येक गाउँपालिका र नगरपालिकाका वडाहरुमा मोबाइलबाट एसएमएस मार्फत छिटो जानकारी दिने व्यवस्था गर्न पनि आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा पहल परियोजना लागु भएका सुर्खेत, दैलेख र सल्यानका स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला प्रशासन, जिल्ला कृषिका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।