बुद्धीमान पुन ।
सल्यान, ३१ असार (रेडियो राप्ती) । सल्यानका सबै बिद्यालयमा पाठ्यपुस्तक पुगेपछि विद्यार्थीहरुको स्वअध्ययनका लागि सजिलो हुने भएको छ ।
लामो समय देखीको लकडाउनका कारण विद्यालय शैक्षिक संस्थाहरु बन्द हुँदा विद्यार्थीहरुको सिकाइ निरन्तरता हुन नसकिरहेका बेला पाठ्यपुस्तक पुगेपछि स्वअध्यनका लागि सजिलो हुने भएको हो ।
लकडाउनका कारण बिद्यालयहरु बन्द भएपनि पुस्तक खरिद गरेर बिद्यार्थीहरुलाई वितरण गरिएको बिद्यालयहरुले जनाएका छन् ।
महेन्द्र माद्यामिक बिद्यालय छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ पाखापानीका प्रधानाध्यापक रोमहर्ष केसीले बिद्यालयका सम्पूर्ण बिद्यार्थीहरुको हात–हातमा पाठ्यपुस्तक पु¥याएइएको बताउनुभएको छ ।
बिद्यार्थीहरुलाइ पठन कार्यमा सक्रिय बनाउन टोल–टोलमा शिक्षक अभियान सञ्चालन गर्ने तयारीमा रहेको उहाँको भनाई छ ।
यता, पाठ्यपुस्तक पाएपछि विद्यार्थीहरुले घरमै बसेर अध्ययन गर्न पाउने भन्दै खशी व्यक्त गरेका छन् ।