जुम्ला फेरी सिल

मान बहादुुर कुवर ।
जुम्ला, ३१ असार (रेडियो खुल्ला आँकास) । जुम्लामा एक व्यवसायीलाई कोरोना संक्रमण देखिएपछि आज दिउसो ३ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लाको सदरमुकाम खलंगा स्थित चन्दननाथ नगरपालिका वडानं ५ का व्यवसायीलाई कोरोना संक्रमण देखिएकाले पुन जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेको जानकारी गरेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
२०७७ असार ३० गते दिँउसो ३ बजे देखि अर्को निर्णय नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदी क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा जारी पत्रमा भनिएको छ औषधि पसल स्वास्थ्य सेवा बाहेक अरु सम्पूर्ण क्रियाकलाप पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।