साउन १ गते कर्णालीमा सार्बजनिक बिदा

सुर्खेत, ३१ असार (जागरण) । कर्णाली प्रदेश सरकारले साउन १ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज एक सुचना जारी गर्दै साउन १ गते प्रदेशभर बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गतेको निर्णय अनुसार साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा विदा दिने निर्णय गरिएको जानकारी दिनुभयो ।