रोजगारीका अवसर सृजना गर्दै प्रदेश सरकार, लकडाउनपछि करिब ४८ हजार युवा कर्णाली भित्रिए

कृति सुवेदी ।
सुर्खेत, १ साउन (जागरण) । लकडाउनको समयमा रोजगारी गुमाएर स्वदेश फर्किएका नागरिकहरुलाई रोजागारी दिनेगरी विभिन्न योजना बनाइएको प्रदेश सरकारले जनाएको छ ।
बिदेशबाट भित्रिएका युबाहरुको बेरोजगारी समस्या समाधान गर्नका लागि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत श्रम तथा रोजगार महाशाखाबाट ६ वटा कार्यक्रम स्वीकृत गरिएको हो ।
महाशाखाका अनुसार बेरोजगार युवाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर दक्ष बनाउने पहिलो योजना रहेको छ भने उद्यमिहरुको स्तरोन्नती कार्यक्रम, बेरोजगार युवाहरुका लागि छुट्टै सिप मुलक तालिम दिएर काम गर्न सक्ने बनाउने अर्को योजना रहेको महाशाखा सुचना अधिकारी सनिल लिम्बुले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
लकडाउनपछि मात्र कर्णालीमा रोजगारीको सिलशिलामा बिदेशीएका ४७ हजार ३ सय ९६ जना युवाहरु भित्रिएको उहाले जानकारी दिनुभयो । प्रदेश भित्रिएका मध्ये सबैभन्दा बढि दैलेखका १४ हजार ८ सय ५३ जना रहेका छन् ।
यस्तै, सुर्खेतका १३ हजार ७० जना, कालिकोटका ५ हजार ६ सय ११ जना, जाजरकोटका ४ हजार ६ सय २६ जना, र सल्यानका ३ हजार ५ सय ७५ जना रहेको महाशाले जनाएको छ ।
यसैगरी, रुकुम पश्चिमका २ हजार एक सय २५ जना, मुगुका १ हजार ६ सय ३५ जना, जुम्लाका १हजार ६ सय २६ जना, हुम्लाका सबैभन्दा कम २ सय ७५ जना रहेका छन् भने डोल्पामा भने बिदेश बाट भित्रिएको संख्या शुन्य रहेको महाशाखाको तथयाङ्कमा छ ।
बिदेशबाट नागरीक भित्रिने क्रम अझैपनि कायमै रहेको लिम्बुले जानकारी दिनुभयो ।