सुर्खेतका उद्योगी व्यवसायीहरुको आन्दोलन स्थगित

सुर्खेत, १ साउन (जागरण) । सुर्खेतका उद्योगी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् ।
बंैकहरुले ब्याज मिनाहा गर्नुपर्ने, घरभाडा छुट गर्नुपर्ने लगायतको माग राख्दै तीन दिनदेखि व्यवसायीहरु आन्दोलित भएका थिए ।
संघीय सरकारले मौद्रिक नीतिमा व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने भनेपछि व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् ।
संयुक्त संर्घष समितिका संयोजक गणेश बस्नेतले संघीय सरकारले व्यवसायीहरुको मागलाई मौद्रिक नीतिमा समावेश गर्ने भनेपछि आन्दोलन स्थगित गरेको जानकारी दिनुभयो ।
संयोजक बस्नेतले सरकारले उद्योगी व्यवसायीहरुको माग मौद्रिक नीतिमा समावेश नभए कडा आन्दोलनमा जाने बताउनुभयो । व्यवसायीहरुले लकडाउन खुलेको एक हप्तामा बैंकहरुको ब्याज तिर्न नसक्ने बताउँदै आएका छन् ।