सुर्खेत, ४ साउन (जागरण) । सलह किराको ठुलो बथान कर्णालीका सबै जिल्लासम्म पुगेर मकै, धान लगायतका बालि नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।
बर्षभर खानको लागि लगाइएको खेतीहरु नष्ट गर्न थालेपछि मोकमारी निम्तिने भन्दै किसानहरु चिन्तित बनेका हुन् ।
सलहले सबैभन्दा धेरै क्षती दैलेख, सुर्खेत, र जाजरकोटमा लगाइएको बालिमा गरेको छ । यो किरा नियन्त्रण गर्न नसकिए भोकमरी निम्तिन सक्ने भन्दै किसानहरुले स्थानीय र प्रदेश सरकारले ध्यान दिन आग्रह गरेका छन् ।
सुर्खेतको चिङ्गाड गाउँपालिकामा ठुलो क्षेत्रफलमा लगाइएको बालि सखाप बनाएको भन्दै किसानहरुलाई सरकारले क्षतीपुर्ती दिनुपर्ने किसान प्रदिप सिह रानाले कर्णाली रैबारलाई बताउनुभयो ।
चिङ्गाडकै अर्का कृषक ओम प्रकाश जिसीले पनि आफुले लगाएको ११ रोपनी जमिनको खेती सलहले नस्ट गरेको बताउदै ७ जनाको आफ्नो परिवारलाई कसरी पालनपोषण गर्ने भन्ने चिन्ता थपिएको बताउनुभयो ।
कृषि प्राविधिक खेमराज विसीका अनुसार सुर्खेत चिङ्गाड गाउँपालिमा मात्र एक सय रोपनीमा रहेको मकै धान सलहले सखाप बनाएको छ ।
यस्तै दैलेख गुराँस गाउँपापालिकाका किसानहरुका समेत बालिनाली सखाब बनाएको गाउँपालिका शिक्षक भरत वलीले बताउनुभयो ।
जाजरकोटमा पनि सलह किराको ठुलो बथान पुगेपछि किसानहरु चिन्तित बनेको छ ।
कर्णालीका अन्य जिल्लाहरुमा पनि सलहले बालिनालीमा ठुलो क्षती पु¥याएको त्यहाँका किसानहरुलाई उद्धृत गर्दै सामुदायिक रेडियोकर्मीहरुले समाचार पठाएका छन् ।
कर्णालीमा सलहको ठुलो झुण्ड भित्रिएको भन्दै सलह नियन्त्रणमा कर्मचारी परिचालित हुने एकिकृत कृषि प्रयोगशाला सुर्खेतका बालि संरक्षण अधिकृत घनश्याम कार्कीले बताउनुभयो । अहिलेसम्म किसानको कती बालि क्षती भयो भन्ने एकिन बिबरण भने आइसकेको छैन् ।
यस्तै, नेपालमा अझै पनि सहल कीराको झुण्ड आउने जोखिम रहेकाले सतर्क हुन सरकारले आग्रह गरेको छ ।
भारतको राजस्थानमा सलहको झुण्ड धेरै रहेको र यी हावाको गतिमा अघि बढ्ने भएकाले अझै पनि नेपालमा आउने संभावना उच्च रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिनुभयो ।